नाबालिकालाई अपहरण गरी भारत पुर्‍याएर करणी गरी फरार व्यक्ति पक्राउ

नाबालिकालाई अपहरण गरी भारत पुर्‍याएर करणी गरी फरार व्यक्ति पक्राउ


नाबालिकालाई अपहरण गरी भारत पुर्‍याई जबर्जस्ती करणी गरी फरार एक व्यक्ति बारामा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी हुन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका-५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारीलाई फेला पारेको हो ।

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगेर बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेस गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

Logo