बालयौन दुराचार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

बालयौन दुराचार गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ


बालयौन दुराचार आरोपमा कास्कीमा विद्यालय सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ मा रहेको ज्योति इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक ४८ वर्षीय रामचन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो । कास्कीका निमित्त विद्यालय सञ्चालक शाहीले विद्यार्थीलाई यौन दुराचार गरेको भनी किटानी जाहेरी परेपछि शुक्रवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शाहीविरुद्ध अप्राकृतिक मैथुन तथा बालबालिकासम्बन्धी कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको छ । 

Logo