पोखरा महानगरपालिका-१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ ।
चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार उनीहरुले एकजना व्यक्तिको पूरै घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।
प्रतिक्रिया