बर्थ डे केकमा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय पक्राउ

बर्थ डे केकमा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय पक्राउ


‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–३मा सन्तोष पाण्डेको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् ।

२०७८ माघ देखी उनीहरु पाण्डेको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीका अनुसार दुवै जनाले आफ्नो जन्मदिन भएको भन्दै पाण्डेका परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । सो केक खाएपछि परिवारका सबै जना बेहोस भएलगत्तै घर भाडामा बस्दै आएका भारतीय नागरिकहरुले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए । सो घटना लगत्तै फरार भएका सेराजाट र शर्मालाई पक्राउ गरी सोमबार भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको छ ।

Logo