स्रोत नखुलेको ५० लाखसहित कपनवाट घ्याल्चेन पक्राउ

स्रोत नखुलेको ५० लाखसहित कपनवाट घ्याल्चेन पक्राउ


कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्नरहेको आशंकामा बुधवार राती एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सादा पोशाकमा खटेको प्रहरीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई बुधवार राति पक्राउ गरेको हो । 

बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको ३२ लाख र घ्याल्जेनको कोठमा समेत जाँच गर्दा १७ लाख ५० हजार गरी  ४९ लाख ५० हजार रुपैया बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका घ्याल्चेन नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले उतावाट पैसा पठाउने गरेको प्रारम्भिक वयान प्रहरीलाई दिएका छन । घ्याल्चेनले सो रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको जनाउँदै प्रहरी थुनामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

Logo