टी एन शेषन पछ्याउँदै दिनेश थपलिया

टी एन शेषन पछ्याउँदै दिनेश थपलिया


प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया विश्वमै ख्याती कमाएका भारतीय प्रमुख निर्वाचन आयुक्त टी एन शेषनलाई पछ्याउँदै छन् ।

नब्बेको दशकसम्म भारतीय निर्वाचन एउटा कुरूप अभ्यास थियो । यसलाई भद्दा र मजाकको विषय बनाईन्थ्यो । यस कारणले भारतीय लोकतन्त्र र यसको निर्वाचन प्रक्रिया विश्वभरी नै लोकतन्त्रको नकारात्मक विम्बको रुपमा लिइन्थ्यो । हामी कहाँ पञ्चायतकालमा प्रजातन्त्र प्राप्तिको कुरा हुँदा प्रजातन्त्र विरोधीहरुले भारत र बिहारको नकारात्मक विम्बको रुपमा प्रजातन्त्रलाई प्रस्तुत गर्ने गर्दथे । नेपालमा प्रजातन्त्रको विरोध गर्न भारतीय लोकतान्त्रिक अभ्यासको उदाहरण दिए पुगिहाल्थ्यो, प्रजातान्त्रवादीको मुख बन्द भईहाल्थ्यो ।

टी एन शेषनले त्यो दयनीय अवस्थालाई उल्टाई दिए र भारतीय निर्वाचन प्रणलीको अनुहार पुरै बदली दिए । बदनामी कमाएको निर्वाचन प्रणालीमा आमुल परिवर्तन गरेर भारतीय लोकतन्त्रलाई मर्यादापूर्ण र गौरवपूर्ण प्रणालीको रुपमा परिचित गराए । उनले युगानुकुल बनाएको लोकतान्त्रिक अभ्यासले विश्वसामु भारतको प्रतिष्ठा त उठायो नै शेषनको प्रख्यातिलाई पनि विश्वभर फैलायो । फलस्वरूप एसियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्यागासेसे पुरस्कारबाट सन् १९९६ मा उनी सम्मानित भए । 

को थिए टी एन शेषन ?

उनको पूरा नाम तिरुनेलै नारायण ऐयर शेषन हो । केरला राज्यको पलक्कड़ जिल्लामा सन् १९३२ को १५ डिसेम्बरमा जन्मिएका शेषनले सन् १९९० देखि १९९६ सम्म भारतीय निर्वाचन आयोगको दशौं प्रमुख आयुक्तको जिम्मेवारी निर्वाह गरेका थिए । शुरुमा यो जिम्मेवारी लिन शेषन तयार थिएनन् । त्यसताका भारतमा प्रधानमन्त्री चन्द्रशेखर र डा.सुब्रमन्यम स्वामी मन्त्री थिए । प्रधानमन्त्रीको तर्फबाट एक मध्यरात डा.स्वामी शेषनको घरको ढोका ढकढक्याउन पुगे । दुई घण्टासम्मको छलफल र डा.स्वामीको अनुरोध पश्चात शेषन न्युट्रल गियरमा आए र सल्लाह गरेर जवाफ दिने शर्तमा डा.स्वामीलाई बिदा गरे ।

डा.स्वामी उनले हावर्ड विश्वविद्यालयमा अध्ययन गर्दाका शिक्षक थिए र यस मानेमा गुरु चेलाको राम्रो सम्बन्ध थियो। त्यसकारण डा.स्वामीलाई शेषनले सिधै अस्विकार गर्न सक्ने अवस्था थिएन । शेषनले लगत्तै राजीव गान्धीसँग सल्लाह गरे । अर्कोतर्फ राजीव गान्धी प्रधानमन्त्री हुँदा शेषन सुरक्षा सचिव बनाइएका थिए र उनको कामबाट गान्धी अत्यन्त प्रभावित थिए । त्यही कामले शेषनलाई गान्धीले भारतको सुरक्षाविद् पनि बनाए । गान्धीको सहमतिपछि शेषनले प्रमुख आयुक्तको जिम्मेवारी स्वीकार गर्ने सरकारलाई समाचार पठाए । 

शेषन एक कुशल प्रशासक पनि थिए । सन् १९५५ मा तामिलनाडुबाट भारतीय निजामती सेवाको सामान्य अधिकृतबाट सेवा प्रवेश गरेर उनी सन् १९८९ मा भारत सरकारको १८औं  क्याबिनेट सचिवसम्म भए । उनले सम्हालेका हरेक जिम्मेवारीमा कुनै न कुनै सुधारका प्रयत्न हुने गर्दथे । उनको प्रयासले केही न केही परिणाम दिने भएकाले समाजमा सकारात्मक छाप छोड्न सफल भए ।

जब तपाईं चालकका समस्या र गाडीको इन्जिन बारे कति पनि थाहा छैन अनि कसरी समस्या समाधान गर्न सक्नु हुन्छ ? अनि उनले यसलाई चुनौतिका रूपमा लिए र ड्राइभिङ मात्र सिकेनन् पुरै बसको इन्जिन खोलेर फिट गरे र यात्रुले भरिएको बस ८० किलाेमिटर दुरीसम्म गुडाए । 

जस्तोकी कुनै समय उनी चेन्नईमा यातायात अधिकारीको रूपमा काम गर्थे । एकदिन एउटा सेवाग्राहीको गुनासो सुने । जब तपाईं चालकका समस्या र गाडीको इन्जिन बारे कति पनि थाहा छैन अनि कसरी समस्या समाधान गर्न सक्नु हुन्छ ? अनि उनले यसलाई चुनौतिका रूपमा लिए र ड्राइभिङ मात्र सिकेनन् पुरै बसको इन्जिन खोलेर फिट गरे र यात्रुले भरिएको बस ८० किलाेमिटर दुरीसम्म गुडाए । 

उनलाई प्रमुख आयुक्त बनाउँदा खुशी भएका नेताहरु शेषनले गरेका निर्वाचन प्रक्रिया र आचारसंंहिताको पालनाको कडाईबाट सबै रुष्ट भए । गालीगलौजमा उत्रिए । त्यसताका भारतमा एउटा भनाई खुबै चर्चामा थियो । भारतका नेताहरु दुईजनासँग मात्र डराउँछन कि भगवानसँग कि टी एन शेषनसँग । हुन पनि उनले जतिसुकै शक्तिशाली नेतालाई पनि निर्वाचन कानुन, नियम, अचारसंहिताका पालना गराउन कुनै कसर बाँकी राखेनन् । असन्तुष्टि प्रकट गर्दै पुर्वप्रधानमन्त्री विश्रवनाथ प्रताप सिंहले यस्तो टिप्पणी गरेका थिए- ‘हामीले पहिले कालकारखानामा लक आउट भनेको त सुनिएको थियो तर शेषनले त भारतीय प्रजातन्त्र नै लक आउट गरिदिए ।’ 

प्रमुख आयुक्त बनाउँदा खुशी भएका नेताहरु शेषनले गरेका निर्वाचन प्रक्रिया र आचारसंंहिताको पालनाको कडाईबाट सबै रुष्ट भए । गालीगलौजमा उत्रिए । त्यसताका भारतमा एउटा भनाई खुबै चर्चामा थियो । भारतका नेताहरु दुईजनासँग मात्र डराउँछन कि भगवानसँग कि टी एन शेषनसँग ।

आचारसंहिता उलङ्घनकै मुद्दामा केन्द्रीय मन्त्री प्रणव मुखर्जीले राजीनामा नदिएसम्म पश्चिम बंगालमा चुनाव नगराउने अड्डि लिए । यो मुद्दामा पश्चिम बंगालका मुख्यमन्त्री ज्येती बसुले शेषनलाई पागलको संज्ञा नै दिए । बिहारका मुख्यमन्त्री लालुप्रसाद यादवको जीवनमा सबभन्दा बढी दुःख दिने मान्छेमा पर्थे शेषन । शेषनले बुथ क्याप्चरिङ र धाँधलीको पुर्वसूचना पाएर ४ पटकसम्म बिहारको निर्वाचन स्थगित गराएका थिए । यादवले शेषनलाई भैंसीमा चढाएर गंगाको भेलमा बगाउनुपर्ने मान्छे भनि टिप्पणी गरेका थिए । उनी सरकारी कर्मचारीप्रति पनि त्यतिकै कठोर थिए । एक सरकारी अफिसरको टिप्पणी पत्रिकामा प्रकाशित थियो- ‘हामी एक दयाविहीन मान्छेको दयामा निर्भर छौंं ।’ चुनावको अनुगमनमा खटिएका एक वरिष्ठ अधिकारी बीचमै छोडेर विदेश भ्रमणमा गएकोलाई कडा कार्वाहीको सिफारिस गरेका थिए शेषनले । 

निर्वाचन प्रणालीमा के-के सुधार गरे शेषनले ?

  • उनले सबैभन्दा महत्त्वपूर्ण कुरा भारतीय निर्वाचन आयोगलाई वास्तविक रुपमा एक स्वायत्त संवैधानिक अंगको रुपमा विकास गरे । निर्वाचन अयोग सरकारको सहयोगी औजारको रुपमा नभई सरकार चाहीँ निर्वाचन आयोगको काममा सहयोग गर्ने निकाय हो भन्ने कुरा प्रमाणित गरे । निर्वाचनको मिति घोषणा गर्ने, स्थगित गर्ने, अचारसंहिताको पुर्ण पालना गराउने, सरकारी कर्मचारीलाई निर्वाचनको काममा खटनपटन गर्ने आदि काम निर्वाचन आयेगले स्वयंं गर्ने परिपाटीको संस्थागत सुरुवात गराए । निर्वाचन आचारसंहिता र निर्वाचनका काममा अटेर गर्दा मन्त्रीको बरखास्तीदेखि कर्मचारीहरुको विभागीय कारवाहीको सिफारिस र कार्वाहीका लागि दृढ अडान लिए र कार्यान्वयन गराए । यस शिलशिलामा उनले केन्द्रीय मन्त्री प्रणव मुखर्जी, समाजिक कल्याण मन्त्री सिताराम केसरी, खाद्य मन्त्री कल्पनाथ राय, हिमाञ्चल प्रदेशका राज्यपाल गुलशेर अहमद आदिलाई पदबाट बर्खास्त गर्न बाध्य बनाए । 
  • फर्जी मतदाताको समस्या समाधानका लागि मतदाता परिचयपत्रको व्यवस्था लागु गराए ।
  • निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराए । जस्तो कि हिमाञ्चलका राज्यपाल गुलशेर अहमद अफ्नो छोराको चुनाव प्रचारप्रसारमा गएका कारणले पद गुमाउन पुगे ।
  • निर्वाचनको सयममा हुने मत किनबेच हुने विषयमा र मतदातालाई कुनै किसिमको लोभलालच वा आस्वासन दिने कुरामाथि कडा अनुगमन र कार्बाहीको व्यवस्था मिलाए ।
  • निर्वाचनमा उमेदवारको खर्चको अधिकतम् सीमालाई सीमित निर्धारण र त्यसको सफलतापुर्वक कार्यान्वयन गराए ।
  • सरकारी महंगा हेलिकोप्टर चढेर गरिब गाउँमा भेटमाग्न जाने धनी नेताहरुलाई त्यसो नगर्न निर्देशन दिए ।
  • शेषन आफु अत्यन्त धार्मिक स्वभावका थिए तर निर्वाचन र राजनीति धर्म विशेषबाट प्रभावित हुन हुन्न भनेर निर्वाचन आयोग र सम्बन्धित कार्यालयबाट धर्मसँग सम्बन्धित सबै भित्ते पात्रोहरु र भगवानका मुर्ति र पोस्टरहरु हटाउन लगाए ।
  • मतदान केन्द्रहरूमा हुने गुण्डागर्दी र बुथ क्याप्चरिङ रोक्न स्थानीयको अलावा केन्द्रीय सुरक्षा फौजको परिचालन गराए । खासगरी बिहार र उत्तर प्रदेश राज्यमा बुथ क्याप्चर गरेर सबै भोट खास उम्मेदवारको पक्षमा मात्र खसाल्ने परिपाटीलाई रोके ।
  • निर्वाचनको निश्चित अवधिभर मदिराको प्रयोग र बिक्रीवितरणमा पुर्णरुपमा प्रतिबन्ध लगाए । राति १० बजेपछि चुनाव प्रचारमा रोक लगाए ।

शेषनले त्योबेला अनुमान नगरेको कैयाैँ विषयहरु सुचना प्रविधिमा भएको क्रान्तिले आज हामीसँग उपलब्ध छन् । जस्तो कि फेसबुक, अनलाईन मिडिया लगायत । सामाजिक सञ्जालहरु अनियन्त्रित हुन नदिने र त्यसबाट पनि स्वस्थ, स्वतन्त्र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, निर्वाचनको वास्तविक भाव र मर्यादालाई कायम राख्ने कुरामा पनि थपलिया दृढ देखिन्छन् ।

थपलियाको बाटो
भारतीय निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्त शेषन र नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाको बीचमा कैयौं समानताहरु छन् । शेषन जस्तै थपलिया पनि सामान्य सरकारी अधिकारीबाट अफ्नो करियर शुरु गरेका मानिस हुन् । अहिलेसम्मको अवस्थालाई हेर्दा थपलिया पनि आफ्नो कामप्रति एकाग्र भएर लाग्ने र परिणाम हात लगाएर मात्र विश्राम लिने स्वभाव भएको कुरा उनका सहयोगी बताउँछन् । निर्वाचन कानुनको पालना, निर्वाचन आचारसंहिताको कडाइका साथ पालना, उम्मेदारको खर्चको अधिकतम् सीमा निर्धारण, उम्मेदवारको सम्पत्ति विवरण जस्ता कुरा विगतमा गफका विषय जस्ता मात्रै थिए ।

थपलियाले खतरा मोलेरै भए पनि कार्यान्वयनमा लाने जमर्को गरेका छन् । शेषनले त्योबेला अनुमान नगरेको कैयाैँ विषयहरु सुचना प्रविधिमा भएको क्रान्तिले आज हामीसँग उपलब्ध छन् । जस्तो कि फेसबुक, अनलाईन मिडिया लगायत । सामाजिक सञ्जालहरु अनियन्त्रित हुन नदिने र त्यसबाट पनि स्वस्थ, स्वतन्त्र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, निर्वाचनको वास्तविक भाव र मर्यादालाई कायम राख्ने कुरामा पनि थपलिया दृढ देखिन्छन् । समग्रमा थपलियाले शेषनले अवलम्बन गरेको लोकतान्त्रिक अभ्यासको सही प्रयोगमा कठोर, सम्झौताहीन गन्तव्य तय गरेको अवस्था देखिन्छ ।

राजनीतिक दलहरू, तिनका नेतृत्व वर्ग, सिङ्गो राज्य संयन्त्र, मतदाता यो प्रणाली सुधारको पक्षमा छैनन् । यसैमा आफ्नो रुचिको रोटी सेक्नमै सबै रमाइरहेका छन् । इतिहासले थपलियालाई यो जिम्मेवारी दिएको छ । यसका लागि केही समस्याबाट उनले छुटकारा पाउनुपर्छ ।

अब थपलियाका चुनौतीहरु
निष्पक्ष, भयरहित, धाँधलीरहित निर्वाचन नै लोकतन्त्रको आधार स्तम्भ हो । यी कुराले हामीले अवलम्बन गरेको प्रणाली मात्र नभएर मुलुकको भविष्यकै गन्तव्य निर्धारण गर्छ । अहिले यसलाई भरपर्दो, मर्यादित र विश्वसनीय बनाउन राजनीतिक दल, नेताहरु र राज्यसंयन्त्रको ध्यान गएको देखिएको छैन । कसै न कसैले ध्यान नदिने, जिम्मेवारी वोध नगर्ने हो भने हाम्रो अगाडि विनासको बाटोको अर्को विकल्प छैन । एकजना व्यक्तिले दीर्घकालीन सोच राखेर जिम्मेवार भूमिका निर्वाह गर्ने हो भने पनि ठूलाठूला परिवर्तन र सुधारका कामहरु भएको अनेकौं दृष्टान्तहरु संसारमा छन् ।

भारतको निर्वाचन प्रणालीको कुरा गर्दा टी एन शेषन यस्तै एउटा दृष्टान्त हुन् । नेपालमा कुनै पनि क्षेत्रमा यस्तो दृस्टान्त स्थापित हुन सकेको छैन । थपलियाले अहिले यो मौका पाएका छन् । राजनीतिक दलहरू, तिनका नेतृत्व वर्ग, सिङ्गो राज्य संयन्त्र, मतदाता यो प्रणाली सुधारको पक्षमा छैनन् । यसैमा आफ्नो रुचिको रोटी सेक्नमै सबै रमाइरहेका छन् । इतिहासले थपलियालाई यो जिम्मेवारी दिएको छ । यसका लागि केही समस्याबाट उनले छुटकारा पाउनुपर्छ । पहिलो कुरा त उनलाई कसैले साथ नदिने मात्र होइन सारा शक्ति उनको विरुद्ध खनिएर लाग्छन्, लागिरहेकै छन् ।

दोस्रो कुरा, उनी आफै सम्झौता परास्त छन्, खतरा मोल्न चाहदैंनन् । तेस्रो कुरा, उनको स्वभाव र उमेरले यसपछिको अर्को नियुक्तिको पनि अपेक्षा गरेको छ । त्यसकारणले उनी कुनै पनि नेतालाई चिढाएर आफ्नो भविष्यको ढोका बन्द गर्न चाहँदैनन् । यी आफैभित्रका समस्या र चुनौतीलाई अवसरमा बदल्न सके र आफैंलाई जित्न सके थपलिया नेपाली टी एन शेषनका विम्ब हुनेछन्, जसका लागि उनी प्रयासरत छन् । थपलियालाई सफलताको शुभकामना ।

Logo