जलवायु परिवर्तन न्यूनिकरणमा ठूला मुलुक गम्भीर बन्न जरुरी

जलवायु परिवर्तन न्यूनिकरणमा ठूला मुलुक गम्भीर बन्न जरुरी


जलवायु परिवर्तनको असरले नेपालमा जस्तै हिमाल भएका देशहरु प्रभावित छन् । म सांसद भएका समय सन् २०१५ मा कोपेनहेगनमा भएको जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ । सम्मेलनमा धेरै जना विषेशत: हिमालयन देशका नौ मुलुकका संसद सदस्यहरु मिलेर विशेष दुई वटा कुरामा चर्चा गरेका थियौं । 

अध्यक्ष डा. आरजु राणा देउवाको अध्यक्षतामा नामी कलेजले गरेको जलवायु परिवर्तनले ल्याएको समस्यासम्बन्धी कार्यक्रममा मैले सन् २००८ देखि यस क्षेत्रमा गरेका अनुभव सुनाउने अवसर पाएको थिएँ । नेपालको संविधान निर्माणका समयमा मा. आरजु राणा देउवा ज्युको नेतुत्व र सहकार्यमा ७ वटा बुँदाहरु (स्वस्थ र स्वच्छ वातावरणको अधिकार, वातावरण संरक्षण र सम्बद्र्धन, दिगो विकास, जैविक विविधताको संरक्षण, परम्परागत ज्ञान शिपको उपयोग र प्रदूषकले तिर्नुपर्ने सिद्धान्त) आदि विषयलाई सम्वोधन गराउन सफल भएका थियौं । सन् २०१५ मा भएको कोपेनहेगन अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित ९ वटा साना मुलुकको तर्फवाट हामीले व्यानरसहित हिमालयन देशहरुले जलवायु परिवर्तनका कारण भोगेको हिउँ पग्लिने जस्तो समस्याबारे आवाज उठाएका थियौं । 

सन् २०१५ मा भएको कोपेनहेगन अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित ९ वटा साना मुलुकको तर्फवाट हामीले व्यानरसहित हिमालयन देशहरुले जलवायु परिवर्तनका कारण भोगेको हिउँ पग्लिने जस्तो समस्याबारे आवाज उठाएका थियौं ।

समग्र विश्वलाई प्रभावित पारेको उक्त समस्याको न्यूनिकरणका लागि हिमालमा तापक्रमको मात्रा १ डिग्री सेल्सीयसभन्दा नबढाउने शर्त थियो । ठूला मुलुकले गरेको आधुनिक प्रकरणको प्रयोगवाट भएको हरित उत्सर्जनबाट विश्व भूमण्डलीय वातावरण प्रदूषित भएको र दिनप्रतिदिन पृथ्वीको तापक्रम वृद्धि भईरहेको छ भन्ने तथ्य स्पष्ट थियो र आज पनि छ । तसर्थ ठूला मुलुकहरु अत्याधिक हरित उत्सर्जन गर्ने चीन, अमेरिका, भारतजस्ता देशहरु सचेत रहँदा वातावरण अनुकुल वन्न सक्छ भने माग सहित १ डिग्री सेल्सियस तापक्रम कायम हुनुपर्नेमा जोड थियो । वातावरणलाई स्थिर राख्न अनुकुलन र न्युनीकरण रणनीति अपनाउने शर्तसहितको समझदारी उक्त सम्मेलनको महत्वपूर्ण विषय थियो । 

ठूला मुलुकले गरेको आधुनिक प्रकरणको प्रयोगवाट भएको हरित उत्सर्जनबाट विश्व भूमण्डलीय वातावरण प्रदूषित भएको र दिनप्रतिदिन पृथ्वीको तापक्रम वृद्धि भईरहेको छ भन्ने तथ्य स्पष्ट थियो र आज पनि छ ।

अनुकुलन  र न्यूनिकरणको विषयमा गाम्भिर्यता र उत्तरदायी नभएकै कारण तत्पश्चातको पेरिस सम्मेलनमा जाँदा हिमालमा तापक्रमको मात्रा २ डिग्री सेल्सियस पुगिसकेको थियो । सम्मेलनले अनुमोदन गरेको विषय कार्यान्वयन गर्न अधिकांश मुलुकहरु जिम्मेवार नहुँदा हाम्रो जस्तो साना मुलुकहरु बढि प्रभावित भएको स्पष्ट देखिन्छ । 

आज पृथ्वीको तापक्रम बढ्नाले अर्थात् स्थिर राख्न नसकेको कारणले हामीले देखिरहेको सेतो हिमाल कालो पत्थरमा परिवर्तन भएको छ ।

तसर्थ, आज पृथ्वीको तापक्रम बढ्नाले अर्थात् स्थिर राख्न नसकेको कारणले हामीले देखिरहेको सेतो हिमाल कालो पत्थरमा परिवर्तन भएको छ । यो सबै समस्या जलवायु परिवर्तनको कारण ठूला मुलुकहरु जो धेरै दुषित कार्वन उत्पादन गरिरहेका छन् उनीहरु जिम्मेवार बन्नु पर्छ । जलवायु परिवर्तनले ल्याउने दूरगामी समस्याका जानकार अर्थात् विज्ञहरुले अन्तर्राष्ट्रियजगतमा सशक्त आवाज उठाउँदै अत्याधिक हरित उत्सर्जन गर्ने ठूला मुलुकहरुलाई सचेत गराउनु जरुरी छ । 

जलवायु परिवर्तनले ल्याउने दूरगामी समस्याका जानकार अर्थात् विज्ञहरुले अन्तर्राष्ट्रियजगतमा सशक्त आवाज उठाउँदै अत्याधिक हरित उत्सर्जन गर्ने ठूला मुलुकहरुलाई सचेत गराउनु जरुरी छ । 

हाम्रो जस्तो सानो मुलुकको प्रदूषणले त्यति ठुलो प्रभाव त पार्दैन तर यसवाट बच्ने उपायतिर नेपाल पनि सजक हुनु जरुरी छ । नेपालमा जलवायु परिवर्तनबाट बच्न अनुकुलन र न्यूनिकरणलाई कसरी कार्यान्वयन गर्ने यसको सन्देश र जागरण देशभर फैलाउन सक्नुपर्दछ । हामीले संविधानमा लेखेका वातावरणसम्वन्धि विषय कार्यान्वयनमा ल्याईएको छ की छैन ? मेरो प्रश्न छ । 

हामी सन् २०१५ को कोपेनहेगन सम्मेलनमा ठूलो अर्थतन्त्र भएका मुलुकविरुद्ध जलवायु परिवर्तनसम्वन्धि छलफलवाट आएको निष्कर्षले नेपालको आर्थिक क्षेत्रमा अनुकूल वातावरण सिर्जना गर्न सक्ने उत्साह बोकेर नेपाल फर्किएका थियौँ । त्यो उत्साह कार्वन ट्रेडिङ गर्न सक्छौँ भन्ने थियो । अहिले ४५ प्रतिशत वन क्षेत्र वनाउने लक्ष्य तय भएको कुरा उठेको छ । 

नेपालको धन हरियो वन हामीले बच्चैदेखि सुन्दै आएका छौं तर वनको वास्तविक नाप लियौँ भने सत्यता ३२ प्रतिशत मात्र हो भन्ने तथ्य पनि सुनेका छौं । सामुदायिक वनका कारण जगंल संरक्षणमा केही मद्दत पुगेकै छ । कार्वन ट्रेडिङको सम्भावना नेपालमा प्रशस्त छ ।

तापक्रममा आएको वृद्धिले तराईमा हुने तरकारी मुस्ताङमा फल्न थालेको, स्याउको गुणस्तर र आकारमा ह्रास आएको, तराईमा जस्तै लामखुट्टे लाग्न थालेकोलगायत यथार्थ हामीले आफैं देख्यौं ।

हामी सांसदहरुको टोली जलवायु परिवर्तनबारे अनुसन्धानका लागि मुस्ताङ पुगेको र त्यहाँका समुदायसँग प्रत्यक्ष कुराकानीमा १० वर्षको अन्तरालमा जनजीवनमा ल्याएको प्रतिकुल प्रभाव बारे छलफल गर्यौ । त्यहाँका वासिन्दाहरुको भनाइअनुसार पहिलाको माटोको छाना बनाउने त्यहाँको विषेशता थियो तर पहिलेभन्दा वर्षाको मात्रा बढेका कारण छानो परिवर्तन गर्न परेको छ । त्यसैगरी तापक्रममा आएको वृद्धिले तराईमा हुने तरकारी फल्न थालेको, स्याउको गुणस्तर र आकारमा ह्रास आएको, तराईमा जस्तै लामखुट्टे लाग्न थालेकोलगायत यथार्थ हामीले आफैं देख्यौं । हाल नदीमा पानीको बहाव घट्नु पनि जलवायु परिवर्तनकै कारण हो भन्ने निष्कर्षमा हामी पुग्यौँ । 

जलवायु परिवर्तनले समग्र क्षेत्र र जनजीवनमा प्रतिकुल प्रभाव पारेको छ । जनजीवन उत्थानका लागि पनि अव छिट्टै वातावरण अनुकुलन र प्रभाव न्यूनिकरणमा ध्यान दिन जरुरी छ । नीतिगत परिवर्तनगरी स्थानीय सरकारलाई सुसूचित गर्नुपर्दछ । तीन तहका सरकारबीच समन्वय नहुँदा भएका नीतिले पनि काम गरेको छैन । अर्को कुरा स्थानीय सरकारले वनाएको विकासको अवधारणा अनियमित छन् । जथाभावी वाटो खन्ने र रुख काट्ने आदि कार्य रणनीतिक नहुँदा वातावरणमा प्रत्यक्ष प्रभाव परेको छ । परम्परागत शैलीमा जीवनयापन गर्ने समुदायहरु यस्ता क्रियाकलापले विस्थापित हुन बाध्य भएका छन् । 

परम्परागत  काम गर्ने समुदायलाई संरक्षण र सम्बद्र्धन गर्नुको साटो विस्थापित गर्दै शहर भाग्न बाध्य गर्दा जंगल कसले संरक्षण गर्ने समस्या जटिल बन्दै गएको छ ।

परम्परागत  काम गर्ने समुदायलाई संरक्षण र सम्बद्र्धन गर्नुको साटो विस्थापित गर्दै शहर भाग्न बाध्य गर्दा जंगल कसले संरक्षण गर्ने समस्या जटिल बन्दै गएको छ । जनजागरणको माध्यमबाट वनजंगलको संरक्षण गर्न जरुरी छ । हरेक दिन रोजगारका लागि १५०० भन्दा बढि युवा विदेश पलायन भइरहेका छन् । नेपालको हजारौँ हेक्टर भूमि बाँझै छ । अव सरकारको नीतिगत कार्यशैली निजी वन प्रणलीलाई पनि प्रोत्साहित गर्दै रोजगार मुलक वनाउन आवश्यक छ । दिगो वातावरण विकासको लक्ष्यमा पुग्न अर्थात् ४५ प्रतिशतको वन क्षेत्र कार्यान्वयन गर्न सकिन्छ । वन क्षेत्रको विस्तारले कार्वन ट्रेडिङ जस्तो गतिविधिबाट आर्थिक लाभ प्राप्त गर्न नेपाल सक्षम हुनेछ । 

अन्तमा डा.आरजु राणा देउवाबाट यस कार्यको नेतृत्व लिँदै जलवायु परिवतर्नले निम्त्याएको समस्याको समाधान अनुकुलन र न्यूनिकरण एक अभियानका साथ अगाडि बढ्न आग्रह गर्दै हाम्रो साथ रहने प्रतिबद्धता जाहेर गर्दछु । धन्यवाद । जयनेपाल ।

Logo