के भएमा खुल्छन् त सार्वजनिक यातायात ?

के भएमा खुल्छन् त सार्वजनिक यातायात ?


काठमाडौं ।

सरकारले पूर्वतयारीबिना सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको भन्दै यातायात व्यवसायीले यातायात नचलाउने बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले बताए। आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै उनले भने, “हामी गाडी चलाउँदैनौं, बरु सरकारलाई चाबी बुझाउँछौं ।”

यातायात व्यवसायीले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्णतालिकीकरण हुनुपर्ने, कागजपत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने र बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजन लगायत विभिन्न माग गरेका छन् ।

महासङ्घका महासचिव भरत नेपालले यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी सरकारले एकपक्षीय रुपमा गरेको निर्णय मान्य नहुने बताए ।

Skip This
Logo