गठबन्धन सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का

गठबन्धन सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का


उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँने काम गर्दै आएको भन्दै सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने ठाँउ नभएको बताएका हुन् ।  

उनले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको भन्दै यसको परिणाम छिट्टै देखिने पनि बताए । 

उपप्रधानमन्त्री खड्काले नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको पनि बताए । उनले विभिन्न कारणले अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परेपनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा मौद्रिक नीतिले कतिपय समस्याको पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने विश्वास पनि व्यक्त गरेका छन् ।  

Logo