देउकृष्णद्वारा निर्देशित ‘‘वर्षौ वित्यो” सार्वजानिक (भिडियो)

देउकृष्णद्वारा निर्देशित ‘‘वर्षौ वित्यो” सार्वजानिक (भिडियो)


चलचित्र निर्देशक देउकृष्ण देवान लिंखा याक्खाद्धारा निर्देशित ‘‘वर्षौ वित्यो” बोलको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

डिजि प्रोडक्शनको व्यानरमा तयार पारिएको उक्त म्युजिक भिडियो अल्का गुरुङले निर्माण गरेकी हुन् । गायक धन किरण गुरुङको स्वरमा रहेको सो गीतमा स्वयं गायककै शब्द रचना र संगीत संयोजन रहेको छ । बेरोजगारीको कारण विदेशीनु परेको पिडालाई चित्रण गरिएको उक्त गीत सुरत प्रधानले एरेन्ज गरेका हुन् । सिर कुमार साम्पाङ राईको छायांकनमा तयार गरिएको म्युजिक भिडियोमा नरेन खड्का, अस्मिता चापागाँई, प्रनिशा राई र समिरा देवान फिचरिङमा देखिएका छन् ।

म्युजिक भिडियोमा फिचरिङमा देखिएकी छोरी चरित्रमा रहेकी प्रनिशा राईको अभिनयले गीतमा सुनमा सुगन्ध थपिएको छ । गीतको भाव अनुसार अभिनय देखाएकी प्रनिशाको डेव्यु अभिनय भए पनि निकै अब्बल देखिएको छ ।

Logo