ओपेड

प्रतिनिधिसभा पुनर्स्थापना भए के, नभए के ? (भिडियाेसहित)

15 Shares

काठमाडौं ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको बैधानिकताको मुद्दा सर्बोच्च अदालतमा छ । भंग गर्ने कदम असंबैधानिक भन्दै विभिन्न अधिवक्ताहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको तर्फबाट हिजो जवाफ पेश भएको छ ।

यी जवाफहरुमा प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने निर्णय संबैधानिक भएको दाबी गरेका छन् । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीलाई अहिलेको संविधानले विघटन गर्ने अधिकार नदिएको जवाफ पठाएका छन् । अब विपक्षीहरुका तर्फबाट पेश भएको जवाफ समेतका आधारमा सर्बोच्च अदालतको संबैधानिक इजलासले के निर्णय गर्छ ? त्यसको छिनोफानो केही दिनपछि हुने नै छ ।

राजनीतिक क्षेत्रमा सर्बोच्चको निर्णयलाई प्रभावित पार्न बाहिरी माहौल आफ्नो पक्षमा लिने क्रम सुरु भएको छ । नेकपाको ओली पक्षले संसद पुनर्स्थापना कुनै हालतमा हुन नसक्ने ठोकुवा गर्दै भाषण गरिरहेको छ । प्रधानमन्त्री ओलीले कार्यकर्ता भेलाहरुमा संसद पुनर्स्थापना हुनै नसक्ने दाबी गर्दै आएका छन् । नेकपाको दाहाल नेपाल पक्ष, कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजका अगुवा, कानूनविद् पूर्व प्रधानन्यायाधिसहरुले प्रतिनिधिसभा विघटन गर्ने संबैधानिक आधार नरहेको बताउने गरेका छन् ।

यसरी हेर्दा अहिले संसद पुनर्स्थापनाको पक्ष र विपक्षमा जनमत बाँडिएको देखिन्छ । राजनीतिक क्षेत्रमा भने सर्बोच्चबाट आउन सक्ने दुबै खालको निर्णय पछि चाल्ने कदमबारे भित्री बहस सुरु भइसकेको छ । नेकपा, कांग्रेस र जसपा दलमा आबद्ध नेताहरुसँगको अनौपचारिक कुराकानीका आधारमा संसद पुनर्स्थापना भए के नभए के हुन्छ त ? घटनाक्रमहरु यसप्रकार अघि बढ्न सक्छन् ।

प्रकाशित: २० पुस २०७७ १८:११ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी