प्रचण्डमाथि जुत्ता प्रहार ! (भिडियोसहित)

प्रचण्डमाथि जुत्ता प्रहार ! (भिडियोसहित)


काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा भइरहेको एक कार्यक्रममा पुगेका दाहालमाथि जुत्ता प्रहार भएको हो ।

नेकपा नेता स्व. भरतमोहन अधिकारीको प्रथम स्मृति सभाको कार्यक्रममा भाग लिन गएका प्रचण्डमाथि जुत्ता प्रहार भएपनि उनलाई लाग्न भने पाएन ।

राष्ट्रियसभा गृहमा भइरहेको उक्त कार्यक्रमको कं. प्रचण्ड भन्ने उनको अफिसियल पेजबाट प्रत्यक्ष प्रशारण भइरहेको थियो । सो पेजमा आएको भिडियोमा जुत्ता प्रहार भएको आवाज आएको प्रष्टै सुन्न सकिन्छ ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय रतन तिरुवा रहेकाे खुलेकाे छ । उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको जानकारी प्रहरीले दिएको छ ।उनी पूर्व माओवादी कार्यकर्ता हुन् । उनलाई पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी बृत्त सिंहदरबार लगेकाे छ ।

Logo