भारतीय राष्ट्रपतिलाई पाकिस्तानले हवाइमार्ग नदिने

भारतीय राष्ट्रपतिलाई पाकिस्तानले हवाइमार्ग नदिने


इस्लामाबाद,

भारतका राष्ट्रपति रामनाथ कोबिन्दका लागि हवाइ उडानको अनुरोध पाकिस्तानले अस्वीकार गरिदिएको छ । नयाँदिल्लीको पछिल्लो व्यवहारको कारण देखाउँदै पाकिस्तानले भारतको आग्रह अस्वीकार गरेको जनाएको छ ।

‘कश्मीर’ मामिलाबारे भारत र पाकिस्तानबीच पछिल्लो समय तनाब बढिरहँदा यस्तो आग्रह पाकिस्तानले अस्वीकार गरेको हो । ‘भारतीय राष्ट्रपतिले आइल्याण्डको यात्राका लागि पाकिस्तानको हवाइमार्ग प्रयोग गर्ने अनुमति मागेका थिए । तर हामीले उनलाई अनुमति नदिने निर्णय गर्यौँ,’ पाकिस्तानी विदेश मन्त्री शाह मेहम्मुद कुरैसीले भनेका छन् ।

तर यसबारे विस्तृतमा उनले उल्लेख गरेका छैनन् । सामान्यतः यस्ता हवाइ यात्राका लागि सम्बन्धित देशले अनुमति दिन वा नदिन सक्छ । भारतले भने यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।
एजेन्सी

Skip This
Logo