युट्युव भाईरल गरिमाको पहिलो गीत कोखकी छोरी सार्वजनिक (भिडियो सहित)

युट्युव भाईरल गरिमाको पहिलो गीत कोखकी छोरी सार्वजनिक (भिडियो सहित)


काठमाडौं,
डिएआर मुभिजको प्रस्तुतिमा युट्युव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ । युट्युवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डिएआर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले गरिमालाई यो अवसर प्रदान गरेको हो ।

हिन्दु महिलाहरुको महान चाड तीज कोशेलीको रुपमा आएको ‘कोखकी छोरी’ को शब्द कमल सरगम र परिमार्जन प्रभावन जे को रहको छ । गीतमा गरिमा हुँमागाईको साथमा अग्रज कलाकार बिमा कुमारी दुरा, नवराज घोरासाईने, उद्वव कार्कि, पार्वती कार्कि, सरोज लामिछाने र सपना कुँवरले दिएका छन् । प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका सारिका के.सी, सरोज दाहाल, प्रल्हाद खरेल, राधा श्रेष्ठ, दिप माला, विवेक चौलागाई, गोकुल दंगाल, सपना कुँवर र गणेश तिवारीको अभिनय रहेको छ ।

गीतमा घरको कारणले तीजको समयमा माइत जान नपाउने चेलीहरुको कथा समेटिएको छ भने, कोखकी छोरीलाई बिदा गर्दाको पिडा देखाउन खोजिएको छ । बिग परिवेश स्टुडियोमा रेर्कड गरिएको उक्त गितमा एरेन्ज भुवन प्रकाश बडु र मिक्सिङ जीवन बडुले गरेको छन् । रोनिश तामाङको छायाँकन रहेको भिडियोमा नविन भट्टको सम्पादन, राजाराम गौतमको कला, शर्मिला सुनारको मेकअप रहेको छ । डिएआर मुभिजको यो माईत जामपछिको दोस्रो तीज कोशेली हो ।

डिएआर मुभिजले नयाँ अवसर दिएको र यस्तै नयाँ प्रतिभा तथा पुराना सर्जकहरुलाई समेटेर काम गर्दै आईरहेको व्यवस्थापक राजाराम गौतमले जानकारी दिए । हेरौं गितको भिडियो :

Logo