रिमा विश्वकर्माको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

रिमा विश्वकर्माको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


गीतकार दुर्गा प्रधानको एल्बम ‘वन्ली फर यू’ मा समावेश दोस्रो गीत ‘हजार गल्ती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दीपा लामाको स्वरमा सजिएको गीतमा चर्चित कार्यक्रम उद्घोषिका तथा मोडल रिमा विश्वकर्मा, विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईको अभिनय छ । गीतको निर्देशन निशान कश्यपले गरेका हुन् ।

चर्चित संगीतकार विनोद पछाईद्वारा संगीतबद्ध यस गीतमा श्रीमान्श्रीमतीबीचको फाटोले गर्दा बच्चामा पर्ने प्रभावको यथार्थ विषयवस्तु प्रस्तुत गरिएको छ ।

Logo