काठमाडौं
डेढ अर्ब रुपैयाँभन्दा बढी ऋण घोटालामा मुछिएको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको वित्तीय अवस्था धरापमा परेको छ । "/>

डेढ अर्ब घोटालामा मुछिएको एनसीसी बैंकको वित्तीय अवस्था धरापमा !

डेढ अर्ब घोटालामा मुछिएको एनसीसी बैंकको वित्तीय अवस्था धरापमा !


काठमाडौं
डेढ अर्ब रुपैयाँभन्दा बढी ऋण घोटालामा मुछिएको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको वित्तीय अवस्था धरापमा परेको छ । बैंकको वित्तीय विवरण सार्वजनिक गर्दा नाफा देखाइए पनि वास्तविक स्थितिमा भने बैंक नोक्सानमा गएको तथ्यांकले देखाएको छ । पछिल्लो वित्तीय विवरणमा बैंक नाफामा गएको देखिए पनि बैंकले पुरानो खराब कर्जा ३४ करोड ६९ लाख रुपियाँ उठाएका कारण नाफामा देखिएको हो । तर बैंकको वास्तविक अवस्था भने नोक्सानमा रहेको जानकारहरूले बताएका छन् ।

बैंकको नाफा गत आवको दोस्रो त्रैमासमा भन्दा ३ सय ५६ दशमलव ७४ प्रतिशतले बढेर ३५ करोड ४५ लाख रुपियाँ पुगेको छ । सामान्य अवस्थामा नाफालाई प्राथमिकतामा राखेर हेर्दा बैंकले रामो प्रगति गरेको जस्तो देखिन्छ । तर खराब कर्जा उठाएकालाई नाफा भन्न नमिल्ने उल्लेख गर्दै यो तथ्यांकले बैंक नोक्सानमा परेको उनीहरूको दाबी छ ।

त्यस्तै बैंकले दोस्रो त्रैमासमा वित्तीय संस्थाको प्रमुख स्रोत खुद ब्याज आम्दानी पनि ४३ प्रतिशत भन्दा बढीले घटेर ५ करोड ८७ लाख रुपियाँ आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १० करोड रुपैयाँ भन्दा बढी रहेको थियो । जोखिम व्यवस्थापन कोषमा पनि ६ महिनाको अवधिमा १४ करोड ८२ लाख रुपियाँ छुट्याएको छ । जुन गत आवको दोस्रो त्रैमासमा ६ करोड ५३ लाख रुपियाँ मात्र रहेको थियो । साथै बैंकको कोषको लागत ८ दशमलव १९ प्रतिशत र आधारदर ११ दशमलव ४५ प्रतिशत छ । सीडी रेसियो ७६ दशमलव ४८ प्रतिशत छ । जोखिम व्यवथापन कोषमा छुट्याउनु पर्ने रकम पनि दुई गुणाले बढेर अहिले निस्क्रिय कर्जा चार प्रतिशत भन्दा बढी रहेको छ ।

बैंकिङ समूहमा सबै भन्दा बढी निस्क्रिय कर्जा भएको बैंक मध्ये एनसीसी बैंक अग्रस्थानमा आउँछ । उल्लेखित विवरण एनसीसी बैंकको वित्तीय स्वास्थ्य जोखिममा रहेको प्रमाणित गर्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको वित्तीय अवस्था हेर्दा एनसीसी बैंक अन्य वाणिज्य बैंकको तुलनामा निकै कमजोर देखिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo