कोरोना रिटर्न्स २ : आखिर उपाय के ?

कोरोना रिटर्न्स २ : आखिर उपाय के ?


देशमा बढ्दै गइरहेको कोरोना संक्रमण दरका साथै विगत केही दिनदेखि यसका कारण वृद्धि भएको मृतककाे संख्याले यस क्षेत्रका सम्बन्धित विज्ञहरूलाई सोच्न बाध्य बनाएको छ, कतै नेपालमा कुनै घातक कोरोना भाइरस भेरिएन्टको प्रवेश त भइसकेको छैन ?

अहिले विश्वमा कोरोनाको 'यूके भेरिएन्ट', 'ब्राजीलियन भेरिएन्ट], 'दक्षिण अफ्रीकी  भेरिएन्ट, र भारतमा देखिएका केही नयाँ भेरिएन्टले उत्पात मचाइरहेका छन् । ब्राजील, दक्षिण अफ्रीका, फ्रान्स,  भारतलगायतका मुलुकमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । कोरोना संक्रमणदर बढ्नुको सोझै अर्थ यसबाट मृतक संख्या बढ्नु पनि हाे । दुबैमा अन्योन्याश्रित सम्बन्ध  छ । विश्वका अन्य भूभागको के कुरा, भारतकै कैयौं राज्यका कैयौं सहरमा लकडाउनको स्थिति देखा परिसकेको छ । 

नेपालको स्थिति कस्तो छ भने सरकार पक्षको चरम लापरवाहीका कारण भ्याक्सिनको एक डोज लिएका झण्डै १७ लाख व्यक्ति मध्ये झण्डै साढे दस लाख व्यक्तिलाई भ्याक्सिनको अभाव देखिएको छ ।

विकसित भएको नयाँ परिस्थितिमा सामान्य नेपालीदेखि सरकारसम्ममा चिन्ता व्याप्त हुनु स्वाभाविक हो । नेपालको स्थिति कस्तो छ भने सरकार पक्षको चरम लापरवाहीका कारण भ्याक्सिनको एक डोज लिएका झण्डै १७ लाख व्यक्ति मध्ये झण्डै साढे दस लाख व्यक्तिलाई दोस्राे डोज भ्याक्सिनको अभाव देखिएको छ ।  नेपालमा कूल २३ लाख ४८ हजार थान भ्याक्सिन आएको थियो । सरकारले केही विचार नगरी यसमध्ये झण्डै १७ लाख मानिसलाई पहिलो डोजको भ्याक्सिन लगाइदियो ।  अब यी १७ लाख मानिसलाई दोस्रो डोजका लागि १७ लाख थान भ्याक्सिनको आवश्यकता छ तर, सरकारसँग स्टकमा भने झण्डै साढ़े ६ लाख थान भ्याक्सिन  मात्रै छन् । झण्डै साढे दस लाख थान भ्याक्सिनको अभाव भइसकेको छ पहिलो डोज भ्याक्सिन लिएका मानिसलाई दोस्रो डोज भ्याक्सिन दिनका लागि ।

भारतले आफ्नै देशमा बढी रहेको कोरोना प्रकोपका कारण भ्याक्सिन निर्यातमा अस्थायी प्रतिबन्ध लगाइसकेको छ । यसको सिधा अर्थ हो नेपालका झण्डै साढे दस लाख मानिसले भ्याक्सिनको दोस्रो डोज लिन पाउदैनन् । नेपालले चीनलगायत जुनसुकै देशसँग अर्को भ्याक्सिन खरिद गर्दा पनि यी साढे दस लाख मानिस भने दोस्रो डोजको भ्याक्सिनबाट वञ्चित नै रहन्छन । सीरम इंस्टीट्यूटकै कोभीशिल्ड भ्याक्सिन नआए सम्म यी साढे दस लाख  मानिसको कुनै उपाय छैन ।
(यो लिंक हेर्नुस- https://www.nihr.ac.uk/news/worlds-first-covid-19-vaccine-alternating-dose-study-launches-in-uk/26773 )
चिकित्सा विज्ञानमा कुनै संक्रमणको रोकथामका लागि दिइएको एउटा भ्याक्सिनको बूस्टर डोज (अर्को डोजमा ) मा ठ्याक्क त्यहीँ भ्याक्सिन दिनुलाई 'homologous boosts' भनिन्छ ।  यसैगरी पहिलो डोजमा एउटा भ्याक्सिन र बूस्टर डोजमा कुनै अर्को भ्याक्सिन प्रयोग गर्नुलाई 'Heterologous boosts' भनिन्छ ।
कोभिड संक्रमण अथवा कोभिड भ्याक्सिनका लागि 'Heterologous boosts ' को अनुमति छैन । यस सम्बन्धी अनुसन्धान भने प्रारम्भ भएको छ ।

यूकेको 'The National Institute for Health Research (NIHR)' संस्थाले यस सम्बन्धी अनुसन्धान थालनी गरेको छ ।  यस अनुसन्धानमा ऐस्ट्रेजेनेका र बायोएंडटेकको फाइजर भ्याक्सिनमाथि अनुसन्धान हुनेछ ।  अनुसन्धानको परिणाम आऊंन  १३ महिनाको समय लाग्ने छ । यस अनुसन्धानको रिपोर्ट नआएसम्म  दोस्रो डोजका रूपमा 'Heterologous boosts ' लाउने स्वीकृति हुन्न । दुबै बूस्टर डोजबारे यो लिंक हेर्न सकिन्छ –https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC3743086/

अब भन्नु परिरहेन, भारतको कृपा दृष्टि नभएसम्म पहिलो डोज भ्याक्सिन लगाएएका झण्डै साढे दस लाख मानिसले अर्को डोज भ्याक्सिन  लिन पाउँदैनन् । नेपालमा यो अवस्था कसको नालायकीले आएको हो सम्बन्धित पक्षले आफै विचार गरोस । भ्याक्सिन आउने सम्भावना झण्डै झण्डै शून्यकै हाराहारीमा झरेको छ । यता कोरोनाको प्रकोप द्रुत गतिले बढ्दै गइरहेको छ ।

आम नेपालीजनमा एकपटक पुनः देशमा लकडाउन हुने हो कि भन्ने आशंका हुँदै गइरहेको छ ।
यस्तोमा उपाय के ?

विश्व स्वास्थ्य संगठन, भ्याक्सिन निर्माता कम्पनीलगायत भ्याक्सिन व्यापारसँग सम्बन्धित पक्षले स्वीकार नगरे पनि विश्वमा बढ्दै गइरहेको संक्रमणदर र मृत्यु दरले स्पष्ट देखाइरहेको छ कि कोरोना संक्रमणविरुद्ध बनेका भ्याक्सिन कोभिड-१९ भाइरसका विरुद्ध कम्पनीहरूले दावी गरे बमोजिम ६५-७० प्रतिशतसम्म सफल होलान तर नयाँ भेरिएन्टका विरुद्ध यिनको उपादेयता छैन । तसर्थ नेपालले भ्याक्सिनको चक्करमा नलागेर कोरोना संक्रमणबाट जोगिने सुरक्षाका अन्य सबै उपाय तदरूकताका साथ पालन गरेर नेपालमा हुने डयामेज कन्ट्रोल गर्नतिर विचार गर्नुपर्छ ।

सरकार र बुद्धिजीविलगायत सम्बन्धित सबै वर्गले मनन गरे हुन्छ, लकडाउन कोरोना संक्रमण रोक्ने रामवाण होइन । अतः कुनै पनि विवेकशील पक्षले यसको वकालत नगरे हुन्छ । वास्तवमा कडा अनुशासन पालन गरेर मात्रै पनि हामी  कोरोना संक्रमणलाई सजिलै  रोक्न सक्छौ । पुरै देश लकडाउन गर्ने स्थिति आउनुभन्दा पहिला नै स्कुल कालेज बन्द गरेर पहिलो सम्यक पाइला चाल्न ढिलो भइसकेको छ ।  यसतर्फ अविलम्ब ध्यान दिइयोस ।

कोरोना संक्रमण रोक्न प्रत्येक नेपालीको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ जति कि सरकार अथवा भ्याक्सिन अथवा कुनै विज्ञको ।  सर्वसाधारणको सहयोग, अनुशासन पालन र कोरोना संक्रमण रोक्ने दृढ अठोठ नभएसम्म सबै प्रयास खेर जान्छन ।

सभा, सम्मलेन, सेमीनार, गोष्ठीमा अविलम्ब रोक लाइयोस् । धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र अन्य पारिवारिक कारणले हुने उत्सव जमघट अविलम्ब रोकिनु पर्‍यो । सरकारी अड्डाहरूमा ५० प्रतिशत जनशक्तिले काम गर्ने घोषणा हुनु प‍र्‍यो । अन्य व्यापारिक संस्थानहरूले सन २०२० कै निर्देशिका अनुसार कार्य सञ्चालन गर्ने पद्धति पुनः प्रचलनमा ल्याउन र सार्वजनिक यातायातमा ४० प्रतिशत क्षमताभित्रै काम  हुनु पर्‍यो ।

साना चिया चमेना पसलदेखि लिएर ठूलठूला रेस्टोरेन्टमा पनि ४० प्रतिशतकै नियम लागू गरियोस् ।
सबै खाले व्यापारिक प्रतिष्ठानमा ४० प्रतिशत जनशक्तिले कार्य सञ्चालन गर्ने / गराउने नियम सक्दो चाडो घोषित हुनु पर्‍यो ।

गत वर्षका भाँति हचुवाका भरमा होइन, सरकारले देशमा रहेका विपद व्यवस्थापनविद्, जनस्वास्थ्यविद्, कोरोनाको प्रवृति बुझेका जानकारहरू सम्मिलित उच्च स्तरीय समिति बनाएर आएको परामर्श अनुसार कार्ययोजना बनाउनुका साथै ईमानदारीपूर्वक लागू गर्नु पर्‍यो 

बोर्डर – एयरपोर्ट पुरै बन्द गर्ने होइन तर, पूरै निगरानीभित्र ल्याउनुपर्छ ।  बोर्डरमा कोरोना संक्रमण परीक्षण व्यवस्था हुनुका साथै क्वारेन्टाइन आइसोलेसनको समुचित व्यवस्था हुनुपर्छ । शंकास्पदलाई भाइरसको 'इन्कुबेसन' अवधिसम्म अन्यत्र जान दिनु हुँदैन ।

सरकारले उपरोक्त वर्णित सबै कुरा लागू गरे पनि सर्वसाधारण नेपालीको सहयोगबिना कोरोना संक्रमणलाई रोक्न सकिँदैन ।  कोरोना संक्रमण रोक्न प्रत्येक नेपालीको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ जति कि सरकार अथवा भ्याक्सिन अथवा कुनै विज्ञको ।  सर्वसाधारणको सहयोग, अनुशासन पालन र कोरोना संक्रमण रोक्ने दृढ अठोठ नभएसम्म सबै प्रयास खेर जान्छन । सरकार र सर्वसाधारणले मिलेर काम गरेमा ३ महिनाभित्र नेपाललाई कोरोनामुक्त बनाउन सकिन्छ । अब नेपालले भ्याक्सिनको चक्करमा नलागेर देशलाई कोरोनामुक्त बनाउनपट्टि होम्मिनु आवश्यक छ । 

Logo