अन्तर्राष्ट्रिय योग दिवसः कोभिडका लागि योग कति उपयोगी ?

अन्तर्राष्ट्रिय योग दिवसः कोभिडका लागि योग कति उपयोगी ?


आज २१ जुन अर्थात योग दिवस, यस दिन अन्तर्राष्ट्रिय योग दिवस प्रत्येक वर्ष मनाईन्छ। अन्तर्राट्रिय योग दिवसको विषयबस्तु प्रत्येक वर्ष आयोजना गरिने गरिन्छ। 

यसपटक संयुक्त राष्ट्र संघले यसलाई ‘योग फर लिभिङ’ नाम दिएको छ । कोभिड संक्रमणको अन्तिम दुई वर्षको अवधिमा यो देखिएको छ कि योगले मानिसहरुलाई शारीरिक मात्र होइन मानसिक र मनोवैज्ञानिकरुपमा पनि मजबुद बनाइरहेको छ । योगले मानिसहरुलाई कोभिड सम्बन्धी कठिनाइ र डिप्रेसनको सामना गर्न सक्षम बनाएको एक अध्ययनले देखाएको छ । 

संयुक्त राष्ट्रले आफ्नो विज्ञप्तिमा भनेको छ ‘कोभिड महामारीको समयमा स्वस्थ रहनका लागि, सामाजिक अलगाव तथा उदासीनताविरुद्ध लड्न योग अपनाउने विश्वव्यापी चलन बढेको छ । योगले मानिसहरुलाई कोभिड १९ बाट निको हुन समेत मद्दत गरेको छ । योगले एउटा महत्वपूर्ण भूमिका खेल्दैछ । यसले मानिसहरुको डर र चिन्तासमेत कम गर्दैछ । 

अन्तर्राष्ट्रिय योग मनाउने प्रस्ताव सर्वप्रथम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २७ सेप्टेम्बर २०१४ मा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेका थिए । 

यस प्रस्तावलाई १ सय ७५ देशहरुले समर्थन गरेका थिए । यसरी संयुक्त राष्ट्रसंघको कुनै पनि प्रस्तावमा यति धेरै देशहरुको समर्थन कहिल्यै प्राप्त भएको थिएन । यस विचारमा ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्रसंघले २१ जुनलाई योग दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । त्यसयता प्रत्येक वर्ष जुन २१ लाई योग दिवसको रुपमा मनाउँदै आइएको छ । 

महिलाका लागि सात उपयोगी योग आसनहरु

योगको चलन सुरु भए यता वास्तवमा महिलाको संसारलाई यसले परिवर्तन गरेको छ । महिलामा भइरहेको शारीरिक, मानसिक, हर्मोनल परिवर्तन तथा मुड परिवर्तन जस्ता सबै प्रकारहरुका समस्यामा योग सबैभन्दा भरपर्दो र सहयोगीको रुपमा देखा परेको छ। 

योग केवल किशोरवस्थाका लागि मात्र होइन यो हरेक उमेर चरणमा सहयोगी साबित हुँदैछ । महिलाको शारीरिक संरचना, तिनीहरुको रोग र समस्याहरु पुरुषको भन्दा फरक हुन्छन् । यस्तो अवस्थामा महिलाहरुका लागि केही उपयोगी तथा निरोगी रहन सहयोगी आसनहरु छन्, जुन घरैमा सिरानी वा भित्ताको सहयोगमा सजिलैसँग गर्न सकिन्छ। ती आसनहरुका फाइदाहरु यस प्रकारका छन्: 

१. बाकसाना 
दिमागको लागि तत्काल शान्ति प्रदान गर्दछ । यसले मानसिक अवस्थालाई स्थिरता प्रदान गर्दछ । विशेषगरी हर्मोनल परिवर्तनहरुको समयमा यस आसनले महत्वपूर्ण काम गर्दछ।

२. अधोमुख श्वान आसन 
यसले सम्पूर्ण शरीरलाई बलियो बनाउँदछ । माथिल्लो शरीर, काँध र हातहरु मजबुत गर्दछ । टाउकोतिर रगतको प्रवाहको कारण दिमागको शान्ति र तनावको अवस्थामा तत्काल राहत प्राप्त गर्दछ। 

३. सेतुबंधासन
यो आसन धेरै केसहरुमा फाइदाजनक छ। गर्भवती महिलाहरुको लागि यो अनियमित समय अथवा दर्दनाक अवधिमा प्रभावकारी हुन्छ। यसले शरीरका सबै महत्वपूर्ण अंगहरुमा शक्ति संचार गर्दछ। 

४.सुप्त बद्धकोणासन
अनियमित वा दर्दनाक अवधिहरुमा लाभ प्रदान गर्दछ । प्रसवको समयमा शारीरिक तयारी प्रदान गर्दछ । यो आसन गर्नाले फोक्सो र मुटुलाई समेत सुदृढ बनाउँदछ । 

५.उपविस्ट कोणासन
यो योग आसनले सकारात्मक उर्जा तथा रचनात्मकता बढाउन मद्दत गर्दछ। यस्तै महिनावारीमा अनियमितता तथा बाँझोपनबाट छुटकारा पाउन पनि मद्दत गर्दछ।  

६.विपरित करणी 
पर्खालमा खुट्टा राखेर गरिने यस साधारण आसनका धेरै फाइदाहरु छन्। यसले खुट्टा, घुँडाका नसाहरुसँग सम्बन्धित पीडालाई राहत प्रदान गर्दछ । यो आसन बाँझोपन, पिसाब सम्बन्धि समस्याहरुमा समेत फाइदाजनक छ। यसका साथै यसले शरीर र दिमाग शान्त गर्दछ र नयाँ उर्जा प्रदान गर्छ। 

७. प्राणायाम 
आसनपछि प्राणायामका आफ्नै विशेष फाइदाहरु छन्। विशेष गरी जति अधिक ध्यान केन्द्रित गराई गहिराइमा सास फेर्न सकियो त्यति नै शरीर र दिमाग राम्रो हुन् । प्राणायामले सास फेर्न र जीवनको गुणस्तर मात्र बढाउदैन यो तत्काल मुड सुधार गर्न पनि प्रभावकारी हुन्छ। 

Skip This
Logo