कोभिड महामारीबीच कसरी व्यवस्थित गर्ने आम्दानी–खर्च सन्तुलन?

कोभिड महामारीबीच कसरी व्यवस्थित गर्ने आम्दानी–खर्च सन्तुलन?


कोभिड–१९ महामारी शान्त भएजस्तो देखिएसँगै केही मानिसहरू आगामी संकटबाट कसरी बच्ने भनेर आर्थिक सुरक्षाको खोजीमा छन्। आर्थिक सुरक्षाबारे भएका अध्ययनहरूले प्रायः मानिस आर्थिक सुरक्षाको दृष्टिकोणले अनभिज्ञ हुने गरेको देखाएको छ।  

मानिसहरूको मुख्य प्राथमिकता तत्काल लक्ष्य प्राप्ति हुने गर्छ। त्यसो गर्नु आवश्यक त छ नै, तर त्यसबाहेक दीर्घकालीन व्यक्तिगत आर्थिक योजनाको पनि महत्व रहेको विज्ञहरू बताउँछन्। 

आर्थिक सुरक्षा सुनिश्चित गर्नका लागि अपनाइने पाँच उपाय यस प्रकार छन्ः

१. बचतलाई प्राथमिकतामा राख्नुहोस्
नियमित खर्चका कारण बचत गर्न मध्यम आय भएका मानिसका लागि सहज नहुन सक्छ। अझ हाल बजारमा रहेको सामग्रीको विविधताले जोकोहीलाई खर्च गर्न लालायित बनाउने गर्छ। बचतबाटै धनी हुने सम्भावना कम रहन्छ किनभने बचतले दिने ब्याजदरको तुलनामा बढी फाइदा हुने लगानीका क्षेत्रहरू पनि छन्। घर, जग्गा, सुन, सेयर अदिमा लगानी नेपालमा पनि बढ्दो छ। यद्यपि, त्यस्ता लगानीलाई नगदमा परिवर्तन गर्न समय लाग्न पनि सक्छ। आवश्यक खर्चपछि बचेको रकमलाई बचत गर्ने बानीले आकस्मिक अवस्थामा नगद प्राप्त गर्न सहज बनाई धेरै हदसम्म आर्थिक संकटबाट जोगाउन सक्छ। 

२. साधारण जीवन जिउनुहोस्
खर्चमा नियन्त्रण गरेर बचत बढाउँदा आकस्मिक अवस्थामा रकम व्यवस्थापन गर्न सहज त हुन सक्छ, तर खर्चमा नियन्त्रण चाहिँ कसरी राख्न सकिन्छ? यो प्रश्न तपाईँको दिमागमा अउनु जाहेज छ। बजारमा विभिन्न विकल्प छन्। मोबाइल फोनकै हुरा गर्नुहोस्, २–४ हजार देखि लाखौँसम्म पर्ने फोन बजारमा उपलब्ध छन्। 

१० हजार हाराहरीको स्मार्टफोन र लाखौँको फोनको उपयोगिता तपाईँका लागि एकै हुन् भने १० हजारको फोन तपाईँका लागि उपयुक्त हुन सक्छ। यदि तपाईँको प्राथमिकता आर्थिक सुरक्षा हो भने सकेसम्म साधारण जनजीवनमा ध्यान दिनुहोस्।

३. आफ्नो आम्दानी क्षमता बढाउनुहोस्
तपाईँ कतै न कतै केहि काम गर्दै हुनुहुन्छ। जागिर खाँदै हुनुहुन्छ भने तपाईँको जीवन विहानदेखि बेलुकीसम्मको काममा आधारित छ। यद्यपि, आफूलाई बिहानदेखि बेलुकीसम्म सीमित नगर्नुहोस्। 

तपाईँले आफ्नो तलब बढाउनका आम्दानी बढाउनका लागि नयाँ सीपहरू सिक्ने बानी बसाउनुहोस्। आम्दानी बढाउन अन्य उपायहरू नयाँ कामको खोजी गर्नु वा अध्ययनलाई निरन्तरता दिनु पनि हुन सक्छन्। 

४. जागिर बाहेकको आम्दानीमा पनि ध्यान दिनुहोस्
तपाईँ यदि आफ्नो जागिरमा राम्रो गर्दै हुनुहुन्छ भने, फुर्सदको समयमा अन्य काम पनि तपाईँले गर्न सक्नु हुन्छ। स्मरण रहोस्, त्यसले तपाईँको नियमित कार्यसम्पादनमा असर नपु¥याओस्। आफ्नो नियमित कामबाहेक लगानी जस्ता क्षेत्रमा पनि तपाईँले हात हाल्न सक्नुहुन्छ।  

५. ऋणमा नियन्त्रण राख्नुहोस्
ऋणले तपाईँको आर्थिक क्षमता कमजोर बनाउँछ। त्यसैले ऋणमा निर्भरता बढाउँदै लगेको खण्डमा तपाईँ आर्थिक रूपमा सुरक्षित रहन सम्भव छैन। आर्थिक रूपमा सफल हुन लगानी आवश्यक हुने र त्यस्तो लगानी ऋणबाट सुनिश्चित गर्ने क्रम बढ्दो छ। 

तपाईँ भने ऋणबाट सकेसम्म सुरक्षित रहने प्रयास गर्नुहोस्। यदि कुनै प्रायोजनका लागि ऋण लिँदै हुुनुहुन्छ वा लिइसक्नु भएको छ भने त्यसलाई कसरी चुक्ता गर्ने भन्ने योजना बनाउनुहोस्। 

(याहु फाइनान्स, इन्भेस्टोपेडिया र सिएनबीसीको सहयोगमा)

Logo