सिटिजन्स बैंकले ल्यायो “स्ट्रक्चर्ड फिक्स डिपोजिट” योजना

सिटिजन्स बैंकले ल्यायो “स्ट्रक्चर्ड फिक्स डिपोजिट” योजना


केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, २९ मङ्सिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिनादेखि १८ महिनासम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ । साथै यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

आगामी दिनहरुमा पनि बैंकले यस किसिमका अन्य सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ । १४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुनेछ ।

Logo