विप्लव समुहद्वारा सांसद मल्ल अपहरित

विप्लव समुहद्वारा सांसद मल्ल अपहरित


बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल अपहरणमा परेकी छन्।

४/५ जनाको समुहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लवका कार्यकर्ताले सांसद मल्ललाई मुखमा कालोपट्टी बाँधेर जर्बजस्ती उठाएर लागेको बुझिएको छ ।

बझाङको बुगल नगरपालिका बिजगडावाट अपहरणकारीले अपहरण गरेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नयन सिंह साउदले बताए । प्रहरी अहिले घटनास्थल तर्फ जाँदै गरेकाले थप विवरण आउन बाँकी छ ।

मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

Logo