चर्चित क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टको पूर्ण छात्रवृत्ति

चर्चित क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेज अफ म्यानेजमेन्टको पूर्ण छात्रवृत्ति


काठमाडौंकाे मैतीदेवीमा रहेकाे फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली क्रिकेट टिमका ब्याट्सम्यान भीम सार्कीलाई बीबीए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

कलेजका निर्देशक अविनाश अधिकारीले भीमकाे क्रिकेटप्रतिको समर्पण प्रशंसनीय रहेकाे बताउँदै उनको क्षमता र प्रतिवद्धतालाई सम्मान गरेकाे बताएका छन् । यो छात्रवृत्तिमार्फत भीमकाे शैक्षिक यात्रामा सहयोग गर्न पाउँदा कलेज परिवार गौरवान्वित भएकोसमेत उनले बताए।

'भीम सार्कीलाई उनको शैक्षिक कार्य र क्रिकेट करियरमा सफलताको कामना गर्दछौं। हामी खेल र समाज दुवैमा क्षेत्रमा उनको योगदान र उपलब्धिको साक्षी बन्न तत्पर छौं।' उनले भनेका छन् । 

नेपालको व्यवस्थापन शिक्षाको क्षेत्रमा विगत १२ वर्षदेखि दक्ष तथा अनुभवी जनशक्ति उत्पादन गरिरहेको फिनिक्स कलेजले यसअघि राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो।  

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । 

Logo