विशाल दत्त भट्टद्वारा लिखित आख्यान  पुस्तक "मेटाफर" असोज ४ गतेका दिन नेपाल ल क्याम्पसको सभा हलमा सार्वजनिक भएको छ । पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो । "/>

विशाल दत्त भट्टको ‘मेटाफर’ विमोचित

विशाल दत्त भट्टको ‘मेटाफर’ विमोचित


विशाल दत्त भट्टद्वारा लिखित आख्यान  पुस्तक “मेटाफर” असोज ४ गतेका दिन नेपाल ल क्याम्पसको सभा हलमा सार्वजनिक भएको छ । पुस्तकलाई न्यू एरा बुक्सले बजारमा ल्याएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथिमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद ‘शेरबहादुर तामाङ’, विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य ‘गुरुराज घिमिरे’, अतिथिका रुपमा पप तथा लोक गायक ‘मिस्टर आरजे’ र वक्तामा ‘डाक्टर बेन्जु शर्मा’, ‘डाक्टर गोपिन्द्र पौडेल’, साहित्यकार ‘ईन्द्र कुमार श्रेष्ठ’ तथा ‘अश्विनी कोइराला’ उपस्थित थिए । उपस्थित वक्ता र अतिथिले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
सांसद तामाङले पुस्तकका बारेमा बोल्दै नयाँ पुस्ताको साहित्यप्रतिको मोहलाई हौसला दिँदै जाँदा समृद्ध नेपालको प्रयासमा होस्टेमा हैसे हुने मत प्रकट गरे भने काङ्ग्रेस नेता घिमिरेले नेपाली साहित्यको सहि ढङ्गले विकास भएमा नेपाली समाजको पुनर्जागरण टाढा नरहेको मत प्रकट गरे ।
अन्य वक्ताहरूले पुस्तक र लेखकका बारेमा समीक्षा गर्दै लेखकलाई थप हौसला प्रदान गरे । उनीहरूले कलिलो उमेरका लेखक विशाल दत्त भट्टलाई आगामी दिनहरुमा अझै लेख्न र साहित्यमा लागिरहन अभिप्रेरित समेत गरेका छन् ।
पुस्तकभित्र विभिन्न परिवेशका १५ वटा कथा छन् । कथाले नेपालको सुदूर पश्चिम हुँदै अन्य भेगलाई सूक्ष्म ढङ्गले चित्रण गरेको छ । पुस्तक पढ्दै जाँदा अहिलेको युवाका समस्या र मनोविज्ञान थाहा पाइने, नेपाली समाज, संस्कृति, राजनीतिका विकृति, विसङ्गतिको चित्र झल्झली आउने, पुँजीवादी अर्थतन्त्र र उपभोक्तावादी संस्कृतिले पारेको दुष्प्रभाव देख्न पाइने अनि कथा भन्ने पृथक शैली निर्माण आदि विशेषतायुक्त यस पुस्तकले पाठकलाई सँगै हिँडाउँछन् ।
विशाल दत्त भट्टको यो पहिलो साहित्यिक पुस्तक हो । डोटी जिल्लामा जन्मिएका उनी हाल नेपाल ल क्याम्पसमा बिए.एल.एल.बि अध्ययनरत छन् ।

Logo