मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु

मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु


काठमाडौं,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन् । नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्ष आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु ।

उनले नेपाल र भारतबीच पारिवारिक र सांस्कृतिक सम्वन्ध रहेको बताए । पछिल्ला वर्षहरुमा उच्च राजनीतिक तहमा नजिकको सम्वन्ध र नियमित सम्पर्क रहेको छ, मोदीले भने, पिपुल्स टु पिपुल्स सम्वन्ध हाम्रो सम्वन्धको आधार हो ।

उनले पछिल्ला वर्षमा प्रधानमन्त्री केपी ओलीसँग चार पटक भेटेको बताए । विकासको लागि साझेदारीलाई अघि बढाउनु पर्ने उनको भनाई छ। पाइपलाइन निर्धारित समयमा पुरा भएको भन्दै मोदीले खुशी व्यक्त गरे। अपेक्षा भन्दा छिटो यो बनेको छ। नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट यो सम्भव भएको हो, उनले भने।

यसबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ जाने छ। यसले आर्थिकरुपमा समेत बचत हुने उनले बताए। यो काम नेपालका सामान्य नागरिकको भलाईको लागि हुने मोदीले बताउँदै यसको साक्षी बन्न पाएकोमा खुशी व्यक्त गरे। यति भनिरहँदा उनले भूकम्पको विनासलाई पनि सम्झिए।
नागरिकबाट

Logo