सिन्धुलीमा कार दुर्घटना : जेठाजु-बुहारीको मृत्यु

सिन्धुलीमा कार दुर्घटना : जेठाजु-बुहारीको मृत्यु


सिन्धुली,

सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा आज विहान कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । खोटाङ हलेसीबाट काठमाडौं तर्फ आउँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सुनकोशी नदीमा खसेको हो । दुर्घटनामा परी कारमा सवार काठमाडौं नयाँबानेश्वर बस्ने वर्ष ४५ की हेमा लामिछाने र सोही ठाँउ बस्ने वर्ष ६० का अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुने दुई जना जेठाजु बुहारी हुन् । दुर्घटनामा कार चालक सोही ठाउँका मृतक हेमा लामिछानेका श्रीमान ५८ वर्षका दिपक लामिछाने र मृतक अच्चुतकी २६ वर्षिया छोरी आस्था लामिछाने घाइते भएका छन् । कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

Logo