रुपन्देही । मुटु रोगी पाँच वर्षीया बालिका दिप्सना रानालाई आर्थिक सहयोग गरिएको छ । फुलबारी अनलाइन ग्रुप बुटवलले रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाको पर्रोहा सामुदायिक वनको भवनमा एक कार्यक्रमको आयोजना गरी दिप्सरालाई आर्थिक सहयोग गरेको हो । "/>

मुटु रोगी बालिका दिप्सना रानालाई आर्थिक सहयोग (भिडियोसहित)

मुटु रोगी बालिका दिप्सना रानालाई आर्थिक सहयोग (भिडियोसहित)


रुपन्देही । मुटु रोगी पाँच वर्षीया बालिका दिप्सना रानालाई आर्थिक सहयोग गरिएको छ । फुलबारी अनलाइन ग्रुप बुटवलले रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाको पर्रोहा सामुदायिक वनको भवनमा एक कार्यक्रमको आयोजना गरी दिप्सरालाई आर्थिक सहयोग गरेको हो ।

गुल्मी पल्लीकोट घर भई हाल रुपन्देहीको मुर्गियामा बसोबास गर्दै आएका उनको परिवालाई फुलबारी अनलाइन ग्रुप बुटवलले आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था कमजार रहेको दिप्सनाको परिवारलाई उनको उपचारको लागि आर्थिक संकलन गर्न सांस्कृति कार्यक्रमको आयोजना गरिएको फुलबारी ग्रुपका अध्यक्ष अनिल बुढा मगर (मास्टर काका) ले जानकारी दिए ।

समाजसेवी समेत रहेका मास्टर काकाले मुटु रोग पिडित बालिका दिप्सनाको परिवारलाई आर्थिक सहयोग गर्न पाउँदा खुसि लागेको बताए । कार्यक्रम सफल भएकोमा आफु अत्यन्तै खुशी लागेको फुलबारी अनलाईन ग्रुपका कोषाध्यक्ष देव रानाले बताए । कार्यक्रममा प्रमुख अतितिको रुपमा समाजसेवी जुनु पुन मगरको उपस्थिति रहेको थियो ।

त्यस्तै विशिष्ट अतिथिमा मित्र एसी साथै अतिथिको रुपमा नेपाल मगर संघ सैनामैनाका अध्यक्ष सुर्य विक्रम राणाको उपस्थिति रहेको थियो । सांस्कृति कार्यक्रममा लोकदोहोरी गायिका विमा कुमारी दुरा, सर्मिला गुरुङ, कलाकार उमेश राई (फुलन्देकी आमा), सञ्चारकर्मी तथा कलाकार मनोज खड्का, मोडल मेगना मगर, गायक प्रसाद खप्तरी मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित रहेकाहरुले समेत दिप्सनाको उपचारको लागि अािर्थक सहयोग गरेका थिए ।

Logo