मकवानपुर

नेपालको ७ प्रदेश मध्ये सबैभन्दा पहिला गठन भएको प्रदेश ३ सरकारले सय दिनको अवधि कानुन निर्माण, कार्यालय र कर्मचारी व्यवस्थापनमै व्यतित गरेको छ । "/>

प्रदेश ३ का सय दिन : कानून निर्माणमै व्यस्त

प्रदेश ३ का सय दिन : कानून निर्माणमै व्यस्त


मकवानपुर

नेपालको ७ प्रदेश मध्ये सबैभन्दा पहिला गठन भएको प्रदेश ३ सरकारले सय दिनको अवधि कानुन निर्माण, कार्यालय र कर्मचारी व्यवस्थापनमै व्यतित गरेको छ । उक्त अवधिमा ५ वटा कानुन, प्रदेशसभा नियमावली र प्रदेश सरकारको खर्च व्यवस्थापन सम्बन्धी आर्थिक वर्ष २०७४, ७५ को आय र व्ययको अनुमान ल्याउन सफल भएको छ । तर विकास निर्माणको कुरै छाडौं, जनताले प्रत्यक्ष अनुभूत गर्ने निर्णय समेत सरकारले गर्न सकेको पाईदैन ।

तत्कालिन नेकपा एमालेका प्रदेशका संसदीय दलका नेता डोरमणि पौडेल माघ २९ गते मुख्यमन्त्री निर्वाचित भएका थिए । सोही दिन ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेका उनले पछि ७ सदस्सीय बनाएका थिए । प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले नेपालको पहिलो प्रदेश सरकारको रूपमा आएकाले तुलनात्मक रूपमा धेरै काम गरेको दाबी गरे । ‘खोलाले बगाएको बगरमा जस्तो हामी आएका थियौँ,’ उनले भने, ‘न ऐन कानुन, न आवास, न कर्मचारी, केही नभएको अवस्थामा खोलाको बगरमा आएर हरियाली बनाउन खोज्या थियौँ ।’
नागरिकबाट

Logo