पूर्व-पश्चिम राजमार्गलाई एसियन स्तरको बनाइने

पूर्व-पश्चिम राजमार्गलाई एसियन स्तरको बनाइने


सरकारले पूर्व-पश्चिम राजमार्गलाई एसियन स्तरको राजमार्गमा रुपान्तरण गर्ने भएको छ । राष्ट्रिपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो जानकारी दिएकी हुन् । 

आगामी पाँच वर्षभित्र उक्त राजमार्गलाई कम्तीमा ४ लेनको एसियन हाइवेको स्तरउन्नति गरिने बताइन् । ‘पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा ४ लेनको एसियन हाइवेको स्तर उन्नति गर्ने नीति अनुरूप बुटवल नरायणगढ र कमल कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिइने छ ।’

थप २५७ किलोमिटर सडक स्तोरउन्नती गरिने भन्दै उनले कर्णाली करिडोरमा बाँकी ट्रयाक खोली हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने जानकारी दिइन् । भारतीय नाकाबाट पूर्व पश्चिम राजमार्गमा जोडिएका सडकको स्तरउन्नती गरिने भन्दै उनले मदन भण्डारी राजमार्गको निर्माण प्रक्रियामा रहेका बाँकी कार्यलाई सम्पन्न गरिने बताइन् ।

त्रिभुवन राजमार्ग लगायत प्रमुख राजमार्गमा सुरुङ मार्ग, फलाई ओभर तथा अन्डर पास सहितको आधुनिक सडक निर्माण गरिने भन्दै राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलबाट माइतीघरसम्म ‘युटिलिटि कोरिडोर’ निर्माणको कार्य अघि बढाइने बताइन् ।

Logo