रातो मछिन्द्रनाथको जात्रा २६ गतेसम्म सक्ने निर्णय

रातो मछिन्द्रनाथको जात्रा २६ गतेसम्म सक्ने निर्णय


ललितपुर ।

लामो समय विवादित बनेको रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गते सम्ममा समापन गर्ने निर्णय भएको छ। बिहीबार आक्रोशित भीडले निषेधाज्ञा तोड्दै रथ तान्न थालेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा सम्बन्धित सरोकारवालाको बैठकले जात्रा भदौ २६ गते सम्ममा सक्ने निर्णय गरेको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार जात्रा २६ गतेसम्म सकाउने निर्णय भएको छ। उनका अनुसार २१ गते क्षमा पूजा गर्ने, २२ गते रथबाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ।

उपयुक्त साईत हेरेर रथ बाट मुर्ति निकालेपछि २६ गतेसम्म बुङमती पुर्‍याइने जानकारी दिए । बैठकमा सीडीयो, मेयर, एसएसपी, गुठी सस्थान प्रमुख, गुठियार लगायतको उपस्थिति थियो।अन्नपूर्णबाट

Logo