तस्करले प्रहरीलाई अपहरण गर्न खोजेपछि गोली प्रहार

तस्करले प्रहरीलाई अपहरण गर्न खोजेपछि गोली प्रहार


जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७८ केजी ८ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडाबाट बाराको पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच गर्दा प्रहरी कार्यालय पशुपतिनगरको नेतृत्वको संयुक्त टोलीले सो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले ट्रक चालक  अफ्रिका चौधरीलाई गोली प्रहार गरी पक्राउ गरेको हो।

प्रहरी टोलीले ट्रक चेकजाँच गर्न प्रहरी जवान संजिवकुमार दासलाई ट्रकको क्याबिन भित्र जाँच्न पठाएको थियो । तर चालकले प्रहरीलाई ट्रक भित्रै कब्जा गरी ट्रक भगाएका थिए । अपहरण शैलीमा प्रहरी जवान समेत कब्जामा लिएर ट्रक फरार भएपछि पछ्याउने क्रममा करीब ३ किलोमिटर पर नयाँबस्ती सडक खण्डको जङ्गलभित्र लगेर प्रहरी जवान दासलाई चालकसहित अर्को एकजनाले निर्घात पिटिरहेको देखेपछि प्रहरी जवान छुटाउन प्रहरीले २ राउण्ड गोली प्रहार गरेको थियो ।

गोली लागेर ट्रक चालक वीरगञ्ज वडा नम्बर २९ बस्ने अफ्रिका चौधरी घाइते भएका छन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Logo