कृष्णसिंह धामी/काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ मा एक बालक आमा, आमा... भन्दै कराउँछन् । घरी रुन्छन् । घरी कराउँछन् । "/>

एउटै दुर्घटनाले उजाडिएको परिवार

एउटै दुर्घटनाले उजाडिएको परिवार


कृष्णसिंह धामी/काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ मा एक बालक आमा, आमा… भन्दै कराउँछन् । घरी रुन्छन् । घरी कराउँछन् । घर आमा आमा भन्दै चिच्याउँछन् ।

दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक उनी बेला बेला आमालाई पुकार्दैछन् । तर उनकी आमा सदाको लागि नबोल्ने गरी गएकी छन् । गत बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भएको थियो ।

संयोगले उनका छोरा नवीन बाच्न सफल भए । उनकी दिदी १२ वर्षीया दिपा पनि उक्त बस दुर्घटनामा घाइते भईन् । दिपालाई अलि कम चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । तर नवीनको भने टाउँकोमा गम्भीर चोट लागेको छ ।

नवीनलाई आमा अब कहिल्यै फर्किदैनन् भन्ने थाहा छैन । उनी केबल बेला बेला आमालाई मात्र पुकारिरहन्छन् । उनलाई आफू बिरामी पर्दा आमा अस्पताल नआएकोमा मात्र चिन्ता छ । त्यसैले, बेडमा रुँदै खोजिरहेका छन्, आमा..आमा..आमा.. ।

डडेल्धुराको उग्रतारा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २८ भन्दा बढी घाइते भए । उनी पनि त्यसै मध्येका एक घाइते हुन् । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा समस्या छ । आर्थिक अवस्था खराब मात्रै होइन उनको हेरबिचार गरिदिने पनि कोही छैनन् ।

उनका बाबु नारद विक करिब ९ वर्षअघि दोस्रो विहे गरेर वेपत्ता छन् । ‘उनी यतै काठमाडौं तिरै छन् । श्रीमतीको मृत्यु भएको छोराको अवस्था यस्तो छ भन्ने त जानकारी पाएको छ तर उनलाई कुनै प्रवाह छैन् । कान्छी श्रीमतीसँग मस्तिमा छन्’ नवीनको हेरचार गर्न बसेकी हजुरआमा हिरा विकले सुनाईन् ।

अब नवीनको आमा भनेपनि बाबा भनेपनि अभिभावक भनेपनि त्यही १४ वर्षका दाई मुकेश हुन् । बालमजदुर गर्दै आमा र भाई वहिनीलाई पाल्दै आएका मुकेशले नै आमा सरस्वतीलाई दागवत्ति दिए । आमा बाबुको माया पाउनुपर्ने अवस्थामा मुकेशलाई भाई वहिनीलाई अभिभावकको माया दिनुपर्ने कुरा त छदैं छ । अर्कोतिर उनीहरुको पालनपोषणको जिम्मेवारी पनि थपिएको छ ।

हजुरआमा हिरा भन्छिन्, ‘अब सबै जिम्मेवारी त्यही बालक मुकेशको काँधमा आएको छ । बाबु भनौदों कान्छिसँग मस्तिमा छ । कमसेकम एकपटक भएपनि त छोरालाई भेट्न आउनुपर्ने नि ? कति कठोर हुँदोरहेछ त्यसको मन ।’

नवीनको अवस्था गम्भीर, आर्थिक अवस्था कमजोरः
चिकित्सकले नवीनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको छ । उनको करङ पनि भाच्चिएको छ । उनी बेडबाट उठ्न सक्ने अवस्थामा पनि छैनन् । नवीनलाई हेरविचार गर्ने कोही नभएर हजुरआमा हिराले रेखदेख गर्दै आएकी छन् । तर, उनी आफूसँग पनि पैसा नभएको दुखेको पोख्छिन् ।

उपचार कसरी गराउने समस्या भएको भन्दै उनले सहयोग जुटाइदिन आग्रह गरिन् । हिराले आमा बितेको खबर नवीनलाई गरेकी छैनन् । गाउँमै रहेकी नन्दलाई फोनमा कुरा गर्दै उनले आमालाई पठाइदिन झुटो आश्वासन मात्रै दिइरहेकी छन् । ‘बन्द भएकाले गाडी चलेको छैन, गाडी चलेपछि आमा गाडी चढेर आउनुहुन्छ अहिले नरोऊ’ भन्दै हिराले नवीनलाई सम्झाउँदै आएकी छन् ।

उग्रतारा मेला हेरेर फर्किने क्रममा उनीहरु चढेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । जहाँ नवीनले आमालाई घटनास्थलमै गुमाए । दिदी दिपा पनि घाइते अवस्थामा छिन् । उनको सेती अञ्चल अस्पतालमा उपचारपछि दिपायल नै पठाईएको छ । दिपायलमा उनको अव सामान्य उपचार हुनेछ ।

प्रदेश सरकारको झुटो आश्वासनः

घाइते गन्यापधुरा ३ सकायलकी २० वर्षीया मिना भुल

सुदूरपश्चिम प्रदेश सरकारले डडेल्धुरा बस दुर्घटनाका घाइतेहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेका थियो । घाइतेहरुलाई भेट्न अस्पताल पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले उनीहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका थिए ।

तर अहिले आएर उक्त खर्च विद्यालयले नै व्यहोर्नुपर्ने बताउँदैं आएका छन् । मुख्यमन्त्री भट्टले केन्द्रविन्दुसँगको टेलिफोन कुराकानीमा यस विषयमा आवश्यक कुराकानी भईरहेको बताए । उनले भने, ‘म अहिले मिटिङमा बिजी छु । त्यो विषयमा अहिलेसम्म केही भएको छैन् । भएपछि खबर गरौला ।’ ….यतिकैमा फोन काटे ।

डोटीबाट प्रदेशसभा सदस्य पूर्णा जोशीले आफुले प्रदेशसरकारसँग उपचार खर्च व्यहोर्ने विषयमा कुराकानी भईरहेको बताईन् । ‘घाइतेहरुसँग गरिएको प्रतिवद्धता पुरा गर्न मैले पटक पटक मुख्यमन्त्री ज्यूलाई दबाब दिदैं आएकी छु । क्याविनेट मिटिङ गरेर हुन्छ की । प्रदेश सरकारसँग भएको आकस्मिक कोषबाट हुन्छ । घाइतेहरुको उपचार खर्च व्यहोर्नु पर्‍यो भन्दै आएकी छु’ जोशीले भनिन् ।

अहिलेसम्म प्रदेश सरकारले उनीहरुको उपचार खर्च नव्यहोर्ने जस्तो कुरा मुख्यमन्त्रीबाट आईरहेको भन्दै उनले चौतर्फी दबाब दिएर भएपनि खर्च व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।

घाइते महादेव राउत

डडेल्धुरा बस दुर्घटनाका ७ जना घाइतेहरुको काठमाडौंमा उपचार भईरहेको छ । उनीहरुमध्ये ५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र बाँकी २ जनाको अन्यत्र उपचार भईरहेको उनीहरुको उपचारलाई सहजिकरण गरिरहेका युथ भ्वाईसका शन्तोषराज भट्टले जानकारी दिए । युथ भ्वाईसले ति घाइतेहरुको लागि आर्थिक सहायता जुटाउने देखि लिएर अन्य कुरामा सहजिकरण गर्दै आईरहेको छ ।

शिखर नगरपालिका–८ तिलाताली डोटीका १८ वर्षीय महादेव राउतको पनि आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदा उपचारमा समस्या भइरहेको छ । सानैमा आमा बाबु गुमाएका महादेव दुर्घटनामा परेको पिस जोन विद्या निकेतनका कार्यालय सहयोगी हुन् । उनको दाया हात फ्क्याचर भएको छ । त्यस्तै उनको दुवै खुट्टाले काम गर्न छोड्को डाक्टरहरुले बताएका छन् ।

Skip This
Logo