सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’सम्पन्न,उत्कृष्ट लिडर्सहरु सम्मानित

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’सम्पन्न,उत्कृष्ट लिडर्सहरु सम्मानित


सिटिजन लाइफइन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण सम्पन्न भएको छ  । बिहीबार काठमाडौंको होटेल सोल्टी क्राउन प्लाजमा कार्यक्रम सम्पन्न भएको हो ।

हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफइन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरियो ।

कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्षश्री प्रदिपजङ्ग पाण्डे र अन्यसञ्चालक समितिका सदस्यहरुको उपस्थिती थियो । कार्यक्रममा कम्पनीको प्रतीक “झण्डा”को विमोचन गरिएको थियो । 

Skip This
Logo