११ कात्तिक २०७८ बिहीबार

0 Shares

संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । सूचना टाँसेर साउन २० गते सम्मका लागि बैठक स्थगित गरिएको हो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेको र दलहरू छलफलमा रहेकाले बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सञ्चालन गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ आफ्नै अडानका कारण सहमति जुट्न सकेन् ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँण, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो ।

नेत्र विक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित: १६ साउन २०७६ १५:४० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी