कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको दुई अध्यक्ष बीचको भेटवार्ता स्थगित

कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको दुई अध्यक्ष बीचको भेटवार्ता स्थगित


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि दुई अध्यक्ष बीच आज हुने भनिएको छलफल स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच हुने भनिएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भोलि बिहान दुई अध्यक्षबीच भेटवार्ता हुने जानकारी दिए । नेकपाभित्र पछिल्लो समय विवाद देखा परेको छ । उक्त विवादलाई साम्य पार्न गत साउन ३० गते कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य थिए । कार्यदलले ९ दिन लामो छलफलपछि शनिबार प्रतिवेदन बुझाएको थियो ।

Skip This
Logo