सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्न खोजियो -महेश बस्नेत

सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्न खोजियो -महेश बस्नेत


नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

मंगलबार दिउँसोबाट माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भएपछि सांसद बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्नेलाई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने बताएका हुन् । 

साथै उनले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै अमान सिंह तामाङ र सापकोटा पक्षका कार्यकर्ताबीच भएको विवादको भिडिओ भएकोसमेत उल्लेख गरेका छन्। 

‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओबादिका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ता विच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग,S.p Regmi लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी "नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि " झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ ।आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’ उनले भनेका छन् । 

Logo