धरान र विराटनगरमा गरि दुई सङ्क्रमितको मृत्यु

धरान र विराटनगरमा गरि दुई सङ्क्रमितको मृत्यु


मोरङ ।

आइतबार धरान र विराटनगरमा गरि २ जना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । विराटनगर महानगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आइतबार दिउसोसम्म कुनै लक्षण नदेखिएका उनलाई बेलुका ६ बजे विराटनगरमा रहेको कोभिड १९ उचार केन्द्रमा लगिएको थियो । सो केन्द्रमा उपचारकै क्रममा उनको राति मृत्यु भएको थियो ।

उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका एक संक्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका पुरुषको आइतबार बेलुकी मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

अध्यधिक खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएका कारण साउन ३० मा अस्पताल भर्ना भएका उनको मृत्यु भएको हो । संक्रमितमा उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास सम्बन्धी दीर्घकालिन रोग रहेको बताइएको छ ।

यो सँगै विपी प्रतिष्ठानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

Skip This
Logo