1
1
1
1
1
0
Shares

प्रदेश नं. ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला राखिने

1
1
1
1
1
1
1
1

मकवानपुर,

प्रदेश नं. ३ सरकारले पाँच स्थानमा बिषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ । प्रदेश राजधानी हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशाला, ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न लागेको हो ।

हेटौंडाको माटो तथा मल परीक्षण प्रयोगशालामा स्थापना हुने बिषादी अवशेष नियमन प्रयोगशालाको सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दैछन् । पाँच स्थानका लागि एक करोड ७९ लाख ६७ हजार रुपैंयाको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए ।

उनका अनुसार बिषादी अवशेष नियमन प्रयोगशालाले प्रतिघण्टा २० देखी ३० वटा तरकारी र फलफूलको नमुना परिक्षण गर्ने क्षमता छ । ‘प्रयोगशाला सञ्चालन गर्न तीन जना कर्मचारीलाई तालिम दिएका छौं,’ उनले भने, ‘थप दुई जना स्वयंसेवक पनि परिचालन हुनेछन् ।’

त्यस्तै मन्त्रालयले ८० लाख ९४ हजार रुपैंयाको माटो परिक्षण मोबाइल भ्यान खरिद गरेको छ । माटो तथा मल परिक्षण प्रयोगशालामै रहने भ्यानले प्रतिदिन ३० माटोको नमुना परिक्षण गर्ने प्रवक्ता गदालले बताए ।
नागरिकबाट

प्रकाशित: १९ साउन २०७६ ०६:५२ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी