चीनले अन्तरिक्षमा धान फलायो

चीनले अन्तरिक्षमा धान फलायो


अन्तरिक्ष र अन्य ग्रहहरूमा जीवन खोज्न वैज्ञानिकहरूले धेरै प्रयोगहरू गरिरहेका छन् ।

चिनियाँ अन्तरिक्ष यात्रीहरूले यस प्रयासमा ठूलो सफलता हात पारेका छन् । उनीहरुले अन्तरिक्षमा धान रोपेका छन् । चिनियाँ अन्तरिक्ष यात्रीहरूले धानको बिउँबाट धानको दाना उत्पादन गरेका छन् । यससँगै उनीहरुले बन्दागोभी र ब्रसेल्स स्प्राउट जस्ता हरियो तरकारी पनि उब्जाउन सफल भएका छन् ।

चाइनिज एकेडेमी अफ साइन्सले टिभी च्यानल सिजितिएनलाई बताए अनुसार ‘एक महिनामा, थालक्रेस प्लान्टमा केही पातहरू उम्रिएका थिए ।’ यसबाहेक चिनियाँ अन्तरिक्ष यात्रीहरूले अन्य धेरै प्रकारका तरकारीहरू पनि उब्जाउने प्रयास गरेका छन् । चीनको तियाङगोङ स्पेस स्टेसनमा बनाइएको शून्य गुरुत्वाकर्षण प्रयोगशालामा चलिरहेका यी प्रयोगहरू निकै सफल भएको वैज्ञानिकहरू बताउछन् । 
 

प्रयोगको लक्ष्य के हो ?

बिरुवा खेती प्रयोगमार्फत, अन्तरिक्ष स्टेशनमा सवार शेनझेउ–१४ चालक दल अन्तरिक्षमा धानको बोटमा हुने सम्पूर्ण जीवन चक्र अध्ययन गर्न चाहन्छन् । वैज्ञानिकहरू बिरुवाको गुणस्तर सुधार गर्न अन्तरिक्ष वातावरण कसरी प्रयोग गर्न सकिन्छ भनेर हेर्न चाहन्छन् ।
 

बिरुवाहरू डिसेम्बरसम्म पृथ्वीमा आउनेछन्

सीएएसका वैज्ञानिकहरूले अन्तरिक्षमा हुर्केका बिरुवाहरू वर्षको अन्त्य अर्थात् डिसेम्बरसम्म पृथ्वीमा ल्याइने बताएका छन् । यति धेरै समय किन भन्दा बिरुवाहरु पूर्ण रूपमा बढ्नको लागि थप समय लाग्नेछ । यिनीहरूलाई पृथ्वीमा उब्जाउने धानका बोटहरूसँग तुलना गरिनेछ । यी बिरुवामा थप के अनुसन्धान गर्ने, अहिले विस्तृतमा भनिएको छैन । वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा उमारिएको बिरुवाहरूमा गरिएको प्रयोग यो नै पहिले हो । 

Skip This
Logo