नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र सम्पन्न

नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र सम्पन्न


नेपालमा पहिलो पटक अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गर्न लागेको नाडा इभि एक्सपो २०२२ को तयारी तिब्र गतिमा अगाडी बढिरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने छ ।

सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने नाडाले जनाएको छ । 

भृकुटी मण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो । 
 

Logo