२४ साउन २०७९ मंगलबार
1
1
1
1

0 Shares

रसुवाको गोसाईंकुण्ड मेला सुरु, मेला १० दिन चल्ने

1
1
1
1
1

नुवाकोट,

रसुवाको गोसाइँकुण्ड मेला सुरु भएको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेला भर्न आन्तरिक तथा वाह्य तीर्थयात्री आउने क्रम सुरु भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले मेलामा आन्तरिक तथा बाह्य गरी २० हजार तीर्थयात्री भित्र्याउने लक्ष्य लिएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष डिएमले जानकारी दिए ।

गोसाइकुण्ड गाउँपालिका ५ मा रहेको प्रसिद्ध गोसाइकुण्डमा गत वर्ष १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । गोसाइकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा विशेष मेला लाग्ने गर्छ । मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

जनैपूर्णिमाका अवसरमा १७ हजारभन्दा बढी भक्तजनका लागि भोजन र बासको व्यवस्था मिलाउन होटल व्यवसायीलाई आग्रह गरिएको डिएमले बताए । यस वर्ष गोसाइँकुण्ड मेला साउन २० देखि ३० गतेसम्म लाग्नेछ ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएका भगवान शिवले त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएको र त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको छ ।
अन्नपूर्णबाट

प्रकाशित: २१ साउन २०७६ ०५:४९ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी