बेलायतः कन्जरभेटिभ पार्टी नेतृत्वको चुनाव सम्पन्न, लिज ट्रसको सम्भावना उच्च

बेलायतः कन्जरभेटिभ पार्टी नेतृत्वको चुनाव सम्पन्न, लिज ट्रसको सम्भावना उच्च


बेलायतमा कन्जरभेटिभ पार्टीको नेतृत्वको चुनावमा मतदान सम्पन्न भएको छ । 

भारतीय मूलका सांसद  ऋषि सुनक र विदेशमन्त्री लिज ट्रसबीच नेतृत्वका लागि प्रतिष्पर्धा भइरहेको छ । प्रारम्भिक सर्वेक्षणमा लिज बोरिस जोनसन उत्तराधिकारी बन्ने देखाइएको छ । 

विदेश मन्त्री ट्रस र पूर्वअर्थमन्त्री सुनक बीचको नतिजा सोमबार दिउँसो घोषणा गरिनेछ । नतिजा सार्वजनिक भएको भोलिपल्ट बोरिस जोनसनले औपचारिक रूपमा महारानी एलिजाबेथ द्वितीय अघि राजीनामा दिनेछन् ।

कन्जरभेटिभ पार्टीको नेता चयनको प्रक्रिया छनोट कार्य अगस्टबाट सुरु भएको थियो । छनोटका विभिन्न चरणमा अनुमानित २ लाख कन्जरभेटिभ पार्टीका सदस्यहरूले मतदान गरेका थिए ।

मतदानमा सुनकलाइभन्दा ४७ वर्षीय ट्रसलाई  निरन्तर समर्थन गर्दै आएका छन् । उनले कर घटाउने र र आर्थिक वृद्धिलाई प्राथमिकता दिने अभियानमा बताउदै आएकी छिन । बेलायतले दशकौंपछिको उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ र यस वर्षपछि मन्दीमा प्रवेश गर्ने संकेत गरिएको छ ।

‘मसँग एउटा साहसी योजना छ जसले हाम्रो अर्थतन्त्रलाई बढाउँछ, उच्च पारिश्रमिक, परिवारहरूको लागि थप सुरक्षा र विश्व–स्तरीय सार्वजनिक सेवाहरू प्रदान गर्दछ’, ट्रसले एक विज्ञप्तिमा भनिन् ।

Logo