दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु

दाङमा शौचालयमा लडेर एक जनाको मृत्यु


तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ कपडादेवी निवासी ३८ वर्षीया कमला लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । छिमेकी दिदी नाता पर्ने सोही ठाउँनिवासी तेजकुमारी लामिछानेको घरमा बुधबार बिहान साढे ६ बजेतिर शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा पतिसँग सामान्य विवाद भएपछि कमला मंगलबार बेलुका ७ बजे छिमेकी दिदी तेजकुमारीको घरमा आएको प्रहरीले जनाएको छ ।

Logo