नेटफ्क्सिमा समलिङ्गी दृश्य देखाइएपछि खाडी देशहरू आक्रोशित भने नेटफ्क्सि “समलैंगिकताको आधिकारिक प्रायोजक”

नेटफ्क्सिमा समलिङ्गी दृश्य देखाइएपछि खाडी देशहरू आक्रोशित भने नेटफ्क्सि “समलैंगिकताको आधिकारिक प्रायोजक”


ओटीटी प्लेटफर्ममा समलिङ्गी दृश्य देखाइएपछि खाडी अरब देशहरू आक्रोशित छन् । 

त्यसकारण साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले मंगलबार नेटफ्लिक्सलाई स्ट्रिमिङ प्लेटफर्मबाट “आपत्तिजनक सामग्री“ हटाउन आग्रह गरेका छन् । यति मात्र होइन, साउदी मिडियाले नेटफ्लिक्सलाई “समलैंगिकताको आधिकारिक प्रायोजक” भनेर पनि वर्णन गरेको छ । लेस्बियन र गेमा खिचिएको दृष्यले खाडी अरब देशहरुलाई के समस्या छ ? 

वास्तवमा गल्फ कोअपरेशन काउन्सिलको एक समितिले जारी गरेको संयुक्त वक्तव्यमा नेटफ्लिक्सलाई आफ्नो शृङ्खलाबाट समलिङ्गीहरूमा आधारित दृश्यहरू हटाउन अनुरोध गरिएको हो । किनभने लेस्बियन र समलैंगिक दृश्यहरू “इस्लामिक सामाजिक मूल्य र सिद्धान्तहरू विपरीत छन् ।” खाडी सहयोग परिषदमा साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कुवेत, ओमान र कतार सहित ६ देशहरू सामेल छन् ।

यसअघि जुन महिनामा मुस्लिम देशहरूले डिज्नीको पछिल्लो एनिमेटेड फिल्म ‘लाइटियर’ लाई प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए । यो फिल्ममा दुई समलैंगिक पात्रलाई चुम्बन गरिरहेको देखाइएको छ । धेरै मुस्लिमहरूले समलिङ्गीहरूलाई पापी ठान्छन् ।

अरब देशका केही भागहरूमा ‘एलजिवितिक्यु’ समुदायका सदस्यहरूलाई पक्राउ गरी जेल सजाय सुनाइएको छ । यति मात्र होइन, कतिपय देशले उनीहरुलाई मृत्युदण्डको सजाय पनि दिने गरेका छन् ।
 

Logo