निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर

निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर


आफु बलात्कृत भएर गर्भ रहेको र उक्त गर्भबाट जन्मिएको बच्चाको बाबुको पहिचान गरिपाउँ भन्दै आमरण अनसन बस्दै आएकी कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । 

आत्मदाहको प्रयाससमेत गरेकी कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित श्रेष्ठ डीएनए परीक्षणका लागि लागि उच्च अदालत जनकपुरमा हाजिर भएका हुन् । 

केहि समयदेखि प्रहरीलाई दुर्व्यवहार गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका श्रेष्ठ बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा १ हजार धरौटी बुझाएर रिहा भएका थिए ।

महोत्तरीको जलेश्वर घर भएकी निहारिका श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले भने श्रेष्ठलाई सफाई दियो । त्यसपछि निहारिकाले महिनौंसम्म ज्यानको प्रवाह नगरी आन्दोलन गरिन् ।

श्रेष्ठ दोषी हो भन्दै निहारिकाले डिएनए परीक्षणको माग राखेकी थिइन् । उच्च अदालत जनकपुरले पनि डीएनए परीक्षणको आदेश दिइसकेको छ । डिएनए परीक्षण गर्दा न्याय पाउने उनको विश्वास छ ।

Logo