बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ।
उनी केही दिनदेखि स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बसेकी थिइन् । प्रत्येक गर्मीमा उनी त्यहाँ जाने गर्थिन् । गत वर्षदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । गत माघमा उनी कोभिड-१९ संक्रमित भएकी थिइन् । खराब स्वास्थ्यका कारण उनी आराम गरिरहेकी थिइन् । बिहीवारदेखि उनी चिकित्सकको रेखदेखमा रहेका खबर आइरहेका थिए ।
हारानी एलिजाबेथ द्वितीयाले कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई मंगलवार औपचारिक रूपमा बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । महारानीको निधनपछि १५ देशका सरकारलाई यो जानकारी दिइएको छ । क्यानडा अष्ट्रेलिया लगायत १५ देशमा उनको शासन थियो । उनले बेलायतका १५ जना प्रधानमन्त्रीलाई शपथ दिलाएकी थिइन् । उनले करिब ७० वर्षसम्म बेलायतमा शासन गरिन् । गत वर्ष अप्रिलमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो ।
एजेन्सी
प्रतिक्रिया