बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द


दिपायल ।

राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् ।

यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए।

जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। उनका अनुसार पिसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका दुई पुरुष तथा एक महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।रासस

Logo