नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यासको घोषणा गरेका छन् ।
डिफेन्डर पुनम जर्गा मगर, मिडफिल्डर दीपा राई र मिडफिल्डर इन्दिरा राईले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनल पछि तीनै खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
उनीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पकंज विक्रम नेम्वाङ र र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एन्फा ब्याच कोट सहित बिदाइ गरेका हुन् । तीनै खेलाडी त्रिभुवन आर्मी क्लबबाट क्लब फुटबल खेल्ने गर्छन ।
प्रतिक्रिया