भदौ महिनामा ५३ अर्बले निक्षेप वृद्धि

भदौ महिनामा ५३ अर्बले निक्षेप वृद्धि


भदौ महिना बैंकहरुका लागि निक्षेप संकलनका हिसाबले सुखद् देखिएको छ । 

वाणिज्य बैंकहरु साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् । नेपाल बैंकर्स संघ (एनबीए) ले भदौ महिनामा २६ वटा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ ।

अघिल्लो महिना अर्थात् साउन महिनामा बैंकहरुले निक्षेप गुमाउँदै कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेका थिए । यता निक्षेप बढेसँगै बैंकहरुले समीक्षा अवधिमा कर्जा लगानी समेत बढाएका छन् ।

साउन मसान्तसम्म जम्मा ४१ खर्ब ७७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले भदौ महिनाको अन्तसम्ममा १३ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९० अर्ब लगानी गरेको बैंकर्स संघले जनाएको छ । 

Logo