जनमत पार्टीद्धारा राष्ट्रपतिविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा

जनमत पार्टीद्धारा राष्ट्रपतिविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा


राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । 

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको शनिबार जारी विज्ञप्तीमा उल्लेख छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको जनमत पार्टीले आरोप लगाएको छ ।

असोज ९ र १० गते हरेक वडा स्तरमा दशैंको शुभकामना दिनुका साथै नागरिकताको अधिकार खोसेको विषयबारे माइकिङ गर्ने, असोज ११ देखि १८ गतेसम्म वडा स्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते किसान आन्दोलनको माग सम्बोधन नगर्ने र नागरिकता अधिकार खोस्नेहरूको रावण रूपी पुत्ला दहनको आन्दोलन कार्यक्रम घोषणा गरिएको छ ।

सत्ता गठबन्धनले पनि हालसम्म किसान आन्दोलनका मागहरू सम्बोधन नभएको भन्दै जनमतले आन्दोलन घोषणा गरेको बताएको छ । 

Logo