आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा आकर्षक छुट

आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा आकर्षक छुट


आइएमई पे र सोर्स कोड प्रालीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ । 

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टिएमएसमा लोड कोलेटरल  र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताएका छन् । 

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल  र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । प्रमुख व्यापार अधिकृत बस्नेतले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषण गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । यो सबै लगानिकर्ताहरुको लागि एकदम नै उपयोगी हुन्छ । लगानीकर्ताहरुले यस सफ्टवेयरमार्फत नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै कम्पनीहरुको आधारभुत तथा प्राविधिक विश्लेषण गरेर लगानी गर्नको लागि सबैभन्दा उपयुक्त प्लान रोज्न सक्ने कम्पनीले जनाएको छ । 

Logo